नूतन-युगको स्वागत गर्दै पर्खेँ दिव्य प्रभात यहाँ
भोक र तिर्खा खप्नु खपेर काटेको छु रात यहाँ ।
सम्मोहनको कसरी छ कस्तो नेता सम्मोहित झन
मुक्तिको मार्ग पद नै सम्झी गर्छन् चर्का बात यहाँ ।
दम्भले भक भक उम्लिरहेका पार्टी छन् च्याउ सरिका
पोल्दछ छाती विष बनेर दल दल बिचका मात यहाँ ।
जतिजति बित्छन् समय उज्याला जाग्दछ मनमा शंका
फोहरी राजनीति गरेर उसले हान्यो फेरी लात यहाँ ।
गरिवी भित्रै बाँचिरहेको उन्मुक्तिको देश छ सानो
आशिस नमिले टार्न छैन साँझ र ब्यान भात यहाँ ।
स्पन्दन तिव्र मृदुमा बढ्छ पर्खाइमा संबिधान नयाँ
बिर्सी बाटो भौँतारिरै गर्दैछन् घात प्रतिघत यहाँ ।
– रत्ननगर-१२ चितवन
