Skip to content


आखिर
फूल पनि त
झर्नकै लागि फुल्ने हो ।

कसले भन्यो
फूल ओइलिँदैन भनेर
बोटभरकिा काँडासँग
सम्झौता गरेर पनि
सायद
दुख्नै जान्दैन फूल ।

फूल फुल्दै जाँदा
फूल ओइलिँदै जाँदा
फूल झर्दै जाँदा
यस्तो लाग्छ
आखिर
फूलको सुन्दरताजस्तै
जिन्दगी पनि त
झर्ने न हो एकदिन ।

करुणा घिमिरे

नेपाल साप्ताहिक, अंक ४००

Leave a Reply

Your email address will not be published. Required fields are marked *