उसको टाउकाको रौ नै थिएन अनुहारको छाला पनि पुरै चाउरी परेको थियो । झट्ट र्हेदा त्यति उमेर गए जस्तो देखिन्नथिन् । हात खुट्टाका एक दुई औलाहरू डल्लो परेका थिए तर त्यो कुनै रोगले त्यस्तो भएको थिएन । उनको शरीरको प्रायजसो भागमा दागैदाग थिए ।
व्यस्त सडकको किनारमा धुवाँ उडाउँदै मकै पोल्दै गरेकी नारीलाई बाटो हिड्ने जो कोहीले पनि एकपटक र्हेदथे । सधै देख्नेले त खच्याङ्घ दिदीको मकै त खानै पर्छ र भन्दै किनिदिन्थेँ अनि उनी पनि अनारदाना जस्ता दाँत देखाएर खिस्स हाँस्थिन् । प्रकृतिले दिएका उपहारमा बँचेको केवल सुरिलो आवाज र तिनै दाँत मात्र बाँकी थिए ।
आमा यी खच्याङ्घ। दिदीको हुन्, किन सधैँ मकै मात्रै पोलेर बस्छिन, तिनको अनुहार किन त्यस्तो भएको, छोरीको कौतुहलतापूर्ण प्रश्नको जवाफ थिएन उनीसँग ।
उर्मिला छोरीलाई सम्झाउँदै भन्छिन् मलाई पनि थाहा छैन छोरी । त्यतिकैमा छोरी पुन बोल्छे अँ कतै त्यै घामलेत हैन ! हैन छोरी हैन घामले त कालो पो गराउँछ । त्यसो भए के भएको त त्यो त मलाई पनि थाहा छैन । ल आऊ खाजा खाएर पढ्न बस धेरै कुरा गर्न हँदैन भन्दै उर्मिला भान्सातिर लाग्छिन ।
रात धेरै बितिसक्दा पनि उर्मिलाको आँखामा िनंद छैन उनलाई छोरीको प्रश्न र ती नारीको दिनचर्याल झस्काइरहन्छ । उनी मन मनै सोच्न थाल्छिन- मैले तिनको बारेमा जान्न पर्छ छोरीको कौतुहलता मेटाउन पनि । के ठिक होला अर्काको ब्यक्तिगत कुरा सोध्न जेसुकै होस् म जानेरै छाड्छ त्यो रहस्य सोच्दासेच्दै कतिबेला उर्मिलाका आँखा लाग्छन् थाहै पाइनन् । ओहो ! झलमल्ल घाम पो लागेछ भन्दै हतार हतार उठी दैनिक कार्य तर्फ लग्छिन् उर्मिला । सायद आज पनि हतारै थियो उनलाई ।
उनले जान्न चाहेको चेहरा आज पनि त्यहीं थियो । उर्मिला नजिकै बसी मकैका घोगा खेलाउँदै वोल्ने प्रयास गर्छिन दोधार बन्दै ।
हैन ए बैनी ! किन अक्मकाउन भएको लिनस् न लिनस् पाकेको काँचो समय अनुसारको फल खानपर्छ क्या ! मिठो रहेछ कहाँको हो दिदी … पारी गाउँबाट । छोटै उत्तर आउँछ । त्यति टाढाबाट के गर्नु पापी पेटको लागि । भावमा प्रस्सत दख छिपेको थियो तिनको । तपाईंसँग केही सोध्न मन लागेको थियो नराम्रो मान्नहन्न भने मेरो मनको खुल्दुली तपाईंले नै मेट्न सक्न हुन्छ । त्यो के होला घोगा सेकाउँदै प्रतिप्रश्न गर्छिन् दिदीले । तर कुरा पुरा नहुँदै मान्छेको भीडभाड हुन्छ ।
बैनी जरुरी काम भए ऊ त्यो घुम्तिनेरको झुप्रो मै आउनु यहाँ त कहाँ बोल्न पाइन्छ र ! मन भित्रका खुल्दली त्यसै लिएर बाटो लाग्छिन् र उर्मिला … ।
आज पनि मनको कौतहल मटिएन मैले उसलाई भेट्नै पर्छ जसरी पनिमेरी छोरीको प्रश्नको उत्तर खोज्न पनि । साँच्चै त्यहाँ त मेरी फुपूको घर पनि त छ ! अस्ति फोनमा आऊ है भन्दै थिइन् । फेरि यहाँ मेरो पनि तको छ र नजाउँ भनेर बाटो छेक्ने भर्खर फकि्रएकी कोपीला थिएँ म राम्रो सँग मुस्काउन पनि पाएकी थिइन । मेरो जीवनमा बज्र पर् यो । स्वार्थको भाइ भाइको लडाइँमा मेरो निर्दाेष पतिको ज्यान गयो । म जस्ता कैयौ नारीहर आज यस पीडामा छटपटाएका छन् ति पुराना दिनको यादमा गहभरी आँसु बनाउदै आफैँसँग बोलीरहन्छिन् उर्मिला जीवन भर साथ दिने कसम खाएको मान्छे बिवाह भएको छ महिनामै टाढा हुदा म लाई पनि त बाँच्ने मन थिएन तर के गर्न उनको प्रेमको अँस मेरो कोखमा बढ्दै थिई यसैको लागी बाँचे उनको प्रेमको प्रतिक मेरो बाँच्ने प्रेरणा बनी । बेलैमा दुइ चार अक्षर पढेकी थिएँ र आज समाजले दिएका चोटहरूको सामना गर्न सकेकी छ ।
आज अफिसमा उनको मन लागेको छैन त्यसैले हातमा निबेदन पत्र लिई हाकिम साम बिनम्रता गर्छिन उर्मिलाले तर उनको चेहरा पनि नहेरी जबाफ आउँछ- ठिकै छ समयमै आउ न तिमी नभए धेरै काम रोकिन्छ ।
हस् भन्दै निवास तर्प लाग्छिन् उर्मिला । छोरीको स्कल पनि छुट्टी रहेछ ठिकै भयो यसको पढाइ छुट्यो भन्ने पीर पनि भएन ।
बिहानै उठी फुपूको घर तर्फ लाग्दछिन उर्मिला । र दर्शन फुपू । भाग्यमानी भएस् राम्ररी आइस् बा ए छोरी पनि यत्रि पो भैसकिछ त! ल तँ पनि भाग्यमानी भएस् । खै के भाग्यमानी भन्न फुपू ! भाग्य नै फुटेकाहरलाई लेघ्रो तान्दै फत्फताउँछिन् उर्मिला । कुरा गर्दा गर्दै प्रसग निकल्छिन् उर्मिलाले फुपू खच्याङ्घ दिदी भन्नेलाई चिन्नुहुन्छ?
चिन्छु नि राम्रै सँग त्यो पनि साह्रै दुखी रहिछ बा ! तिमीले कसरी चिन्यौ त, बाटो हिँड्दा हिँड्दै फुपु उसँग बसेर धेरै कुरा गर्न मन लागेको छ ।
झमक्कै साँझ परेको थियो मनमा उत्साह लिएर उर्मिला उसको झुप्रोतर्फ लाग्छिन ।को ए बैनि तपाईं ! वस्नस् न धुलो झार्दै एउटा चटाइदिन्छिन् । साधारण माटोको झप्रो खोप्पामा टुकी बत्ति पिलपिलाई रहेको थियो । घर सफा थियो । माटोको भित्तामा एउटा ह्ष्टपुष्ट सुन्दर तस्बिर रहेछ सेतो माला लगाएको । दिदी त्यो को हो उर्मिलाले प्रश्न गर्छिन् । अनि जवफ हुन्छ, त्यो मेरो मृत शरीर हो आँखा भरि आँसु बनाउँदै जबाफ दिन्छिन उनले ।
मैले बुझिन नि ! उर्मिला पनि सोध्छिन् … मतलव त्यो मेरो आफ्नै फोटो हो तर आज… । म त्यही जान्न चाहन्छु दिदी यस्तो कसरी भयो । त्यो तितो अतित सम्झन चाहान्नथें बैनी र कसैले आज सम्म मेरो बारेमा जान्न पनि खोजेका थिएनन् । तर तपाईं जान्न चाहान हुन्छ भने सुन्नुस् मेरो जीवनको काहाली लाग्दो काहानी उनी कहँदै जान्छिन् उर्मिला सामू ।
म एउटी गरीब परिवारकी छोरी पढ्न लेख्न पाइन । आफ्नो सबै धितो राखेर केहि सम्पन्न परिवरमा मेरो विवाह गरी दिए आमा बाले । सायद उनीहरूलाई दाइजो पुगेन क्यार भित्रिएको रातबाटै ममाथि अत्याचार सुर भयो । मैले धेरै सहें कुनै न कुनै दिन पत्थर पनि पग्लेला भनी । अत्याचारले सीमा नाघिसकेको थियो तैपनि मैले सोचेकी थिइन जिउदो मान्छे जलाईन्छ भन्ने । कलिलै थियो बुद्धी पनि ।
एकदिन जीवनदेखि निरास भएर कोठामा बसेकी थिएँ । डरलाग्दो औशिको रात साउनको झरी लागेको थियो । एक्कासि परिवारका सबै मेरो कोठामा प्रबेश गरे र कुटपिट लछार पछार पछि ममाथि मट्टि तेल खनाए । म रोएँ कराएँ परानको भिख मागे कसाइको साम भैशीले आँसु झारे बराबर भयो बैनी उनी रुदै भन्दै जान्छिन् ।
त्यसपछि के भयो त उर्मिला दुखी भाबमा सोध्छिन् ।
महिनौपछि होस आउँदा थाहा पाएँ- उनीहरूलेनै यहाँ ल्याएका रहेछन् । बुहारीले आत्मदाह गरी भनेर हल्लापिट्दै मलाई अस्पतालमै छाडेर गएछन् । म बेवारिस भएर रहें । आफ बाँचेकोमा दुखी थिएँ झनै यो रुप देखेर त……। । मैले दैब लाई गाली गरेँ, रोएँ, कराएँ तर केहि लागेन । मेरो खबरले मेरा बाबा आमाले पनि आत्महत्या गरेछन् । त्यसै भौतारीएकी थिएँ एकदिन एउटी बुढी आमैले आफ्नो ठाउँमा मलाई यो पेसा दिइन् र म बाँचेकी छ । उनी मेरो सामु छैन तापनि म सधै उनको ऋणी छ ।
त्यस्ता अपराधीलाई कुनै कारबाही भएन दिदी आँखाको आँसु पुच्दै सोध्छिन् उर्मिला ।
के हुन्थ्यो दुईचार दिन पुलिसले लगेर थुनेछन् अनि छाडेछन् । धन हुनेलाई केको कानून झन बाजागाजासहित दोस्रो बिहे गरेर बसेको छ रे पति भनाउदो त ।
धिक्कार छ हाम्रो कानून अनि यो समाजलाई । गरीबले निष्पक्ष न्याय कहिले पाउलान् ल त दिदी ! तपाईंको अतित खोतलेर दुखी बनाएँ माफ गर्नहोला । तपाई र मेरो कहानीमा थोरै फरक रहेछ भन्दै उर्मिलाले गह्रौं पाइला अगाडी बढाउँछिन् ।
पहिला उनको अतित नजान्दा अशान्त थियो उर्मिलाको मन तर आज जानेर दुखी छ पीडा त पीडै हो जस्तो सुकै भए पनि । म पनि त दुःखी छ सरदसँगको बिछोडले !
आज उनी यस दुनियामा छैनन् र पनि प्रेमरुपी तस्बिर बनेर आज पनि उर्मिलाको दिलमा बसेका छन् सरद । सम्झना रुपी छायाँ बनेर पच्छाई रहने छन् सदासदा । सरदको तस्बिर छातीमा टाँस्दै मस्त निदाएकी छोरीको शिरमा हात राख्दै सुमसुम्याउँछिन् । समय आफ्नै गतिमा बगिरहन्छ ।
समाप्त।
हालः काठमान्डौ,बबरमहल
