Skip to content


संघर्ष नै जीवन हो गर्नुपर्छ सधैंभरि
सकरात्मक भाव मात्र छर्नुपर्छ सधैंभरि

समाजको बिकासमा संगठित भएर नै
ठुला ठुला महासागर तर्नुपर्छ सधैंभरि

पानी बिना माछा जस्तै पींडा भित्र छट्पटिंदै
काम गर्दा पल पलमा मर्नुपर्छ सधैंभरि

नारी शक्ति बढाउने सचेतना जगाउने
पाइला मोड्दै पछि मात्र सर्नुपर्छ सधैंभरि

सफलतामा तगारो भै इर्ष्यांले फूल झार्दा
फल नलाग्दै जिज्ञासु नै झर्नुपर्छ सधैंभरि

अध्यक्षः माधुरीसाहित्य प्रतिष्ठान कुश्मा पर्वत ।

1 thought on “संघर्ष नै जीवन हो”

  1. saraswati ji,
    namaste!
    wrote

    saraswati ji,
    namaste!
    wrote by your poem its a very nice.
    lookforward to more again similarlly.

    milan karki
    baglung resha,

Leave a Reply

Your email address will not be published. Required fields are marked *