मन साटी माया, लगाएपछि,
भागेर जान, सक्छ्यौ र तिमी?
मटुमा अल्झाई राखेसि फेरि,
पराई हुन, सक्छ्यौ र तिमी ?
दुखमा न्यानो, यो मरो काख
छाडेर जान, सक्छ्यौ र तिमी?
दुवैले मिली, रोपेको प्रीति
कुल्चेर जान, सक्छ्यौ र तिमी ?
“ए राजा” भनी, बोलाको मलाई
मेटेर फाल्न, सक्छ्यौ र तिमी?
हामी डुलेका गल्ली, ती सारा ठाउँ
फेर्नलाई अरु, सक्छ्यौ र तिमी ?
अँगालो हाली, चुमेको मलाई,
पुछेर मेट्न, सक्छ्यौ र तिमी?
दुई आत्मा एक भई, स्वर्गमा पुगेको क्षण,
भुल्नलाई कहिल्यै, सक्छ्यौ र तिमी ?
Source: http://udayaspoetry.blogspot.com/
