Skip to content

‘भाले हुनुको पीडा’


प्रकृतिमा पुरुष बनी
सृष्टिको बीऊ छर्न
भगकेशरमा परागसेचन गर्नुपर्ने
पशु–पन्छीको ऋतुकालीन मैथुन भन्दा बढी
जुनसुकै समयमा
ऋतुदानको लागि
आफूलाई तयार राख्नुपर्ने
भाले हुनुको पीडा ।

भालेले चाहेको बखत
पोथी नमान्न सक्छ
पोथी नपाउन सक्छ
पोथीले खोजेका समयमा
भाले नतात्न सक्छ
जस्तोसुकै परिस्थतिलाई पनि पचाएर
आफूलाई बचाउन पर्ने
भाले हुनुको पीडा ।

सृष्टिको गतिशीलताको लागि
एक पाइलो अघि हिंड्नु पर्ने
लखेटेर छोप्नु पर्ने
अनेक नखरा गर्दै फकाउँदै
आफू रित्तएर पनि
भरिदिनु पर्ने पोथी डोबहरू
वीज रुपी शुक्रकीटले
एउटा पन्छी सरह
भाले हुनुको पीडा ।

कविडाँडा चितवन ।

सचिवः चितवन साहित्य परिषद भरतपुर, चितवन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *