टोलाउने सम्झनाहरू जोडेर गयौ तिमीले
बोलाउने एउटा नाम छोडेर गयौ तिमीले ।
बोलाई रहेँ तर सुनिनौ तिमीले
घुम्तीका मोडहरू मोडेर गयौ तिमीले ।
कुन्नि किन छोडेर गयौ तिम्रा सम्झनाहरू
माया त तोड्नसम्म तोडेर गयौ तिमीले ।
कसरी फुल्छन् यहाँ मिलनका फूलहरू
मखमली फूलहरू रोपेर गयौ तिमीले ।
यो क्षितिज अब कहाँ फुल्छ होला र
मायाको सागर नै फोडेर गयौ तिमीले ।
-नयाँबजार, काठमाडौँ
