आफ्नो उद्यम छोडी छोडी,अरु बन्दा रुन्छन मान्छे
बाहिर सफा देखिए नि’, भित्र काला हुन्छन मान्छे
‘बसुधैव कुटुम्बकम’ भन्नु मात्रै मुखमा रै’छ
आफ्नै बाटो भत्कोस बरु, अरुलाई थुन्छन मान्छे
राम्रो भन, राम्रै ठान, दुनियाको भलो चिताऊ
तिमी जस्तै छैनन् अरु, उल्टो उल्टो सुन्छन मान्छे
भत्काउन बिगार्नलाइ, भित्र भित्रै लागे पनि
आफन्तको नाटक गर्दै, तिम्रै पाउ छुन्छन मान्छे
भित्र जति पाप कर्म, बाहिर उत्ति ढोंगी धर्म
आडम्बरको तानाबाना, कति धेरै बुन्छन मान्छे
हालः भ्यानकुभर, क्यानाडा ।
2010 मा प्रकाशित समकालीन साहित्यिक अकाशे पत्रिकाबाट ।, August 7, Saturday

अलि नकारात्मक सन्देश भयो
अलि नकारात्मक सन्देश भयो क्यार! हाम्रो साहित्यमा नकारात्मक पक्षहरू केलाउने रचनाहरू अलि धेरै नै छन्। आशा छ सकारात्मक सन्देश दिने लेखहरू पनि लिएर पाल्नुहुनेछ।