Skip to content

बत्तीस थाटको नाम र स्वरहरु कण्ठ गर्ने सूत्र

  • by


सङ्गीतमा पूर्णता र विद्यमान वादविवादहरूलाई निर्मूल पारी सङ्गीताध्ययन गर्न चाहने जिज्ञासुहरूका लागि परिमार्जित नेपाली सङ्गीत पद्धतिमा बत्तीस थाट अन्तर्गत सुर सप्तकलाई रचनात्मक ढङ्गले ढाल्ने कार्य सम्पन्न भएको छ । सुर सप्तकमा सात नाउँका १२ वटा स्वरहरू सर्वमान्यरूपमा रहेका छन् । यी १२ वटा स्वरहरूको स्पष्ट स्वरूप यस्तो छ ? सा प दुई वटा शुद्ध स्वर, रे ग म ध नी पाँचवटा तीव्र स्वर र रे ग म ध नी पाँच वटा कोमल स्वरहरू छन् । यथा ः

शुद्ध स्वर – सा प दुईवटा २+

तीव्र स्वर – रे ग म ध नी पाँचवटा ५+

कोमल स्वर – रे ग म ध नी पाँचवटा ५Ö१२

सप्तकमा षडज-पञ्चम् स्वर अर्थात् सा प स्वर एक एक वटा मात्र हुने भएकोले यी शुद्ध, अविकारी र पहिलो षडज पञ्चम् संवाद भावले विद्यमान रही सप्तक रचनाका आधार स्तम्भको रूपमा रहेको छ । बाँकी पाँचवटै स्वरहरू विकारी, र विकृत स्वरहरू हुन् । षडज-पञ्चम् भावबाट उत्पन्न हुने पहिलो पाँचवटा रे ग म ध नी (ऋषभ, गन्धार मध्यम, धैवत र नीषाद) स्वरहरू तीव्र विकृत छन्, जसमा कुनै पनि चिहृन लगाइँदैनन् । यी पाँच तीव्र स्वरसँग दुईवटा शुद्ध स्वरको संयोगले सात स्वर हुन गई पहिलो सुर सप्तक कल्याण थाटको संरचना हुन्छ, जस्तै ः सा रे ग म प ध नी । त्यसैगरी षडज-पञ्चम् भावबाटै उत्पन्न हुने दोस्रो पाँचवटा रे ग म ध नी स्वरहरू कोमल विकृत छन्, जसको मुनि कच (-) चिहृन (कोमल चिहृन) लगाइन्छन् ।

यी पाँच कोमल स्वरसँग माथि जस्तै दुईवटा शुद्ध स्वरको संयोग गराउँदा अर्को किसिमको सात स्वर हुन गई दोस्रो भिन्न प्रकृतिको सूर सप्तक भैरवीथाटको संरचना हुन्छ, जस्तो सा रे ग म प ध नी । यी दुवै, पुरुष प्रकृतिको कल्याण थाटको तीव्र, र स्त्री प्रकृतिको भैरवी थाटको कोमल स्वरहरूको आपसी मेलजोलबाट (Boy Combination and Permutation) ३२ वटा थाटहरूको रचना हुन्छ । तीव्रथाट समूहको पहिलो कल्याण थाटले प्रतिनिधित्व गर्दछ भने कोमल थाट समूहको पहिलो र प्रतिनिधित्व, भैरवी थाटले गर्दछ । यी बत्तीस थाटको रचना विधि ‘सङ्गीतामृत प्रथामाहुति’ ग्रन्थको ३० पेजमा सविस्तार वर्णन गरिएको छ । बत्तीस थाटहरू निम्न अनुसार छन् ।

तीव्र थाट समूह

पहिलो र प्रतिनिधि थाट कल्याण

क्र.सं.थाटको नाम सात स्वरहरु तीव्र विकृत स्वरहरू

१.कल्याण सा रे ग म प ध नी रे ग म ध नी तीव्र

२. सञ्जीवनी सा रे ग म प ध नी रे ग म नी तीव्र

३. नारायणी सा रे ग म प ध नी रे ग म तीव्र

४. वाचश्पती सा रे ग म प ध नी रे ग म ध तीव्र

५. मारवा सा रे ग म प ध नी ग म ध नी तीव्र

६. पूर्वी सा रे ग म प ध नी ग म नी तीव्र

७. धौलागिरि सा रे ग म प ध नी ग म ध तीव्र

८. महालङ्गुर सा रे ग म प ध नी म ध नी तीव्र

९. मधुकर सा रे ग म प ध नी रे म ध नी तीव्र

१०. कर्णाली सा रे ग म प ध नी रे म नी तीव्र

११. पूर्णचन्द्र सा रे ग म प ध नी रे म ध तीव्र

१२. नन्दागिरि सा रे ग म प ध नी रे ध नी ह तीव्र

१३. खम्माज सा रे ग म प ध नी रे ग ध ह तीव्र

१४. विलावल सा रे ग म प ध नी रे ग ध नी ह तीव्र

१५. अन्नपूण सा रे ग म प ध नी रे ग नी ह तीव्र

१६. महानन्द सा रे ग म प ध नी ग ध नी ह तीव्र

नोट ः बहुमतको आधारमा कोमलत्व गुमाएर तीव्र थाट समूहमा समाहित भएका १२ देखि १६ सम्मका ५ वटा थाटहरूलाई ह चिहृनद्वारा सङ्केत गरिएको छ ।

कोमल थाट समूह

पहिलो र प्रतिनिधि थाट भैरवी

क्रम थाटको सात नाम स्वरहरु कोमल विकृत स्वरहरु

१. भैरवी सा रे ग म प ध नी रे ग म ध नी कोमल

२. प्रशान्त सा रे ग म प ध नी रे ग म नी कोमल

३. सप्तकोसी सा रे ग म प ध नी रे ग म कोमल

४. सप्तगण्डकी सा रे ग म प ध नी र ग म ध कोमल

५. आशावरी सा रे ग म प ध नी ग म ध नी कोमल

६. काफी सा रे ग म प ध नी ग म नी कोमल

७. सिन्धु सा रे ग म प ध नी ग म ध कोमल

८. चारुकेशी सा रे ग म प ध नी म ध नी कोमल

९. प्रभाकर सा रे ग म प ध नी रे म ध नी कोमल

१०. भागीरथी सा रे ग म प ध नी रे म नी कोमल

११. भैरव सा रे ग म प ध नी रे म ध + कोमल

१२. कुम्भकर्ण सा रे ग म प ध नी रे ध नी + कोमल

१३. तोडी सा रे ग म प ध नी रे ग ध + कोमल

१४. सिंहलीला सा रे ग म प ध नी रे ग ध नी + कोमल

१५. महाकाली सा रे ग म प ध नी रे ग नी + कोमल

१६. वृहस्पति सा रे ग म प ध नी ग ध नी + कोमल

नोटः बहुमतको आधारमा तीव्रत्व गुमाएर कोमल थाट समूहमा समाहित भएका १२ देखि १६ सम्मका ५ वटा थाटहरूलाई + चिहृनद्वारा सङ्केत गरिएको छ ।

अब यी ३२ वटै थाटहरूलाई सदा स्मरणमा ताजा राख्नका लागि केही सूत्रबद्ध छन्दात्मक कविताको रूपमा प्रस्तुत गरिन्छ । यी ११ वटा अनुष्टुप छन्दका श्लोकहरूलाई कण्ठस्थ पार्न सक्यो भने ३२ वटै थाटको नाम र तत् तत् थाटका कोमल, तीव्र स्वरहरू पनि स्मृतिमा रही रहने हुँदा तल दिइन्छ । ‘सङ्गीतामृत प्रथमाहुति’ ग्रन्थका ३२ थाट कण्ठ गर्ने सूत्र श्लोकमा ः

तीव्र थाट समूहको, कल्याण पहिलो पर्दछ ।
कोमलथाट समूहको, भैरवी पहिलो पर्दछ ।। १

प्रतिनिधित्व सोह्रौटै, थाट कल्याणले गर्यो ।
भैरवीले अर्को सोह्र, थाट ली बत्तीस भयो ।।२

कल्याण थाटमा पाँचै, स्वर तीव्र भई फुट्दछन् ।
भैरवी थाटमा पाँचै, स्वर कोमल भई जुट्दछन् ।। ३

रे मारवा ग मधुकार, थाटमा म विलावल ।
ध सञ्जीवनी नी वाचश्पतिमा स्वर कोमल ।। ४

ध नी कोमल म नी कोमल, ग नी, रे नी कोमल गरी ।
नारायणी, खम्माज, पूर्णचन्द्र धवलागिरि ।।५

रे ग कोमल रे म कोमल, रे ध कोमल हुने थाटमा ।
महालङ्गुर महानन्द, पूर्वी छन् थाट बाटमा ।। ६

ग म, ग ध, म ध कोमल, स्वर जोडीका थाट छन् ।
नन्दागिरि र कर्णाली, अन्नपूर्ण विराट छन् ।। ७

एकेक तीव्र छन् ध नी, प्रशान्त सप्तगण्डकी ।
तीव्र म ग रे सिंहलीला, प्रभाकर आशावरी ।। ८

ध नी, म नी, ग नी, रे नी तीव्र छन् यी थाटमा ।
सप्तकोसी र तोडी छन्, भैरव सिन्धु यी चारमा ।। ९

रे ग तीव्र चारुकेशी, रे म तीव्र वृहस्पति ।
रे ध स्वर काफीमा तीव्र, म ध स्वर महाकाली ।। १०

ग म तीव्र कुम्भकर्ण, ग ध भागीरथी यथा ।
कल्याण भैरवी मिल्दा, बत्तीस थाटको यो प्रथा ।। ११

अब प्रत्येक श्लोकका थाट र स्वरहरूमा स्पष्ट विस्तृतीकरण तल निम्न अनुसार व्याख्या गरिन्छ ः

यी दुईवटा श्लोकले ३२ थाटको भूमिका बाध्ने काम गर्दछ ः

तीव्र थाट समूहको कल्याण पहिलो पर्दछ ।
कोमल थाट समूहको भैरवी पहिलो पर्दछ ।।१

प्रतिनिधित्व सोह्रौटै, थाट कल्याणले गर्यो ।
भैरवीले अर्को सोह्र, थाट ली बत्तीस भयो ।।२

पुरुष प्रकृति र नारी प्रकृतिका पहिलो दुई थाट ः

कल्याण थाटमा पाँचै, स्वर तीव्र भई फुट्दछन् ।
भैरवी थाटमा पाँचै स्वर कोमल भई जुट्दछन् ।।३

१. सा रे ग म प ध नी ः कल्याण थाट-रे ग म ध नी तीव्र

२. सा रे ग म प ध नी ः भैरवी थाट-रे ग म ध नी कोमल

तीव्र थाट समूह

एक स्वर कोमल बाँकी तीव्र हुने थाटहरु ः

रे मारव ग मधुकर, थाटमा म विलावल ।
ध सञ्जीवनी नी वाचश्पतिमा स्वर कोमल ।।४

३. मारवा थाट- सा रे ग म प ध नी ः ग म ध नी तीव्र

४. मधुकर थाट- सा रे ग म प ध नी ः रे म ध नी तीव्र

५. विलावल थाट- सा रे ग म प ध नी ः रे ग ध नी तीव्र

६. सञ्जीवनी थाट- सा रे ग म प ध नी ः रे ग म नी तीव्र

७. वाचश्पति थाट- सा रे ग म प ध नी ः रे ग म ध तीव्र

दुई स्वर कोमल बाँकी तीव्र हुने थाटहरु ः

ध नी कोमल म नी कोमल, ग नी रे नी कोमल गरी ।
नारायणी खम्माज पूर्णचन्द्र धवलागिरि ।।५

८. नारायणी थाट-सा रे ग म प ध नी ः रे ग म तीव्र

९. खम्मज थाट- सा रे ग म प ध नी ः रे ग ध तीव्र

१०. पूर्णचन्द्र थाट – सा रे ग म प ध नी ः रे म ध तीव्र

११. धवलागिरि थाट- सा रे ग म प ध नी ः ग म ध तीव्र

रे ग कोमल रे म कोमल, रे ध कोमल हुने थाटमा ।
महालङ्गुर महानन्द, पूर्वी छन् थाट बाटमा ।।६

१२. महालङ्गुर थाट- सा रे ग म प ध नी ः म ध नी तीव्र

१३. महानन्द थाट – सा रे ग म प ध नी ः ग ध नी तीव्र

१४. पूर्वी थाट- सा रे ग म प ध नी ः ग म नी तीव्र

ग म, ग ध, म ध कोमल, स्वर जोडीका थाट छन् ।
नन्दागिरि र कर्णाली, अन्नपूर्ण विराट छन् ।।७

१५. नन्दागिरि थाट – सा रे ग म प ध नी ः रे ध नी तीव्र

१६. कर्णाली थाट-सा रे ग म प ध नी ः रे म नी तीव्र

१७. अन्नपूर्ण थाट-सा रे ग म प ध नी ः रे ग नी तीव्र

कोमल थाट समूह एक स्वर तीव्र बाँकी कोमल हुने थाटहरु ः

एकेक तीव्र छन् ध नी, प्रशान्त सप्तगण्डकी ।
तीव्र म ग रे सिंहलीला, प्रभाकर आशावरी ।।८

१८. प्रशान्त थाट- सा रे ग म प ध नी ः रे ग म नी कोमल

१९. सप्तगण्डकी थाट- सा रे ग म प ध नी ः रे ग म ध कोमल

२०. सिंहलिला थाट – सा रे ग म प ध नी ः रे ग ध नी कोमल

२१. प्रभाकर थाट- सा रे ग म प ध नी ः रे म ध नी कोमल

२२. आशावरी थाट- सा रे ग म प ध नी ः ग म ध नी कोमल

दुई स्वर तीव्र बाँकी कोमल हुने थाटहरुः

ध नी, म नी, ग नी, रे नी तीव्र छन् यी थाटमा ।
सप्तकोशी र तोडी छन्, भैरव सिन्धु यी चारमा ।।९

२३. सप्तकोशी – सा रे ग म प ध नी ः रे ग म कोमल

२४. तोडी- सा रे ग म प ध नी ः रे ग ध कोमल

२५. भैरव- सा रे ग म प ध नी ः रे म ध कोमल

२६. सिन्धु- सा रे ग म प ध नी ः ग म ध कोमल

रे ग तीव्र चारुकेशी, रे म तीव्र वृहस्पति ।
रे ध स्वर काफीमा तीव्र, म ध स्वर महाकालीमा ।। १०

२७. चारुकेशी- सा रे ग म प ध नी ः म ध नी कोमल

२८. वृहस्पति- सा रे ग म प ध नी ः ग ध नी कोमल

२९. काफी – सा रे ग म प ध नी ः ग म नी कोमल

३०. महाकाली – सा रे ग म प ध नी ः रे ग नी कोमल

ग म तीव्र कुम्भकर्ण, ग ध भागीरथी यथा ।
कल्याण भैरवी मिल्दा, बत्तीस थाटको यो प्रथा ।। ११

३१. कुम्भकर्ण – सा रे ग म प ध नी ः रे ध नी कोमल

३२. भागीरथी – सा रे ग म प ध नी ः रे म नी कोमल

यी ३२ थाटका श्लोकहरू कण्ठस्थ भई स्मृतिमा रही रहृयो भने थाट नाम र थाटका स्वरहरू सधैँ थाहा पाई रहने हुन्छ । प्रचलित रागहरू सबै नै यी थाटहरूमा समाहित भई सङ्गीतको भण्डारले समेत व्यापकता प्राप्त गरी पूर्णतातिर साधकलाई डोर्याउन ठूलो मद्दत पुर्याउँछ । रञ्जकतायुक्त नवीन रागहरूले समेत फुल्ने फल्ने र फस्टाउने सुअवसर पाउने छन् । यो, मात्र अनुसन्धानका लागि अनुसन्धान नभई प्राकृतिक रूपमै ध्वनि विज्ञानको यथार्थ प्रस्फुटन हो भन्ने सबै सङ्गीत साधकहरूले बुझ्नु पर्ने सत्य सिद्धान्त हो । एक्काइसौँ शताब्दीमा यो सिद्धान्तको प्रत्युत्पादकको रूपमा निमित्त बनाई मलाई त्यो नाद भण्डारले कार्यभार सुम्पेको मात्र हो । म आफूलाई त्यो अपार अनन्त चैतन्य भण्डारको एउटा निमित्त पात्र मात्र सम्झन्छु । यो खोजमूलक कार्य आज भन्दा धेरै पहिले नै भइसक्नुपर्ने थियो, किनकि यो प्रकृतिको गर्भमा रहेको सबैको साझा सम्पत्ति हो । अबदेखि थाट राग पद्धतिको पूर्णस्वरूपलाई सुनिश्चित गरी परिमार्जित नेपाली सङ्गीत पद्धतिको पूर्ण स्वरूपलाई सुनिश्चित गरी परिमार्जित नेपाली सङ्गीत पद्धतिको स्वरूप खडा गरेर नेपाली सङ्गीत सिद्धान्तको गौरव स्थापित गर्नुपर्दछ ।

विगतलाई केलाउँदा १० थाटको अल्पता र ७२ थाटको जटिलता तथा ३० रागाङ्ग पद्धतिको अस्पष्टता त्यसै गरी राग रागीनी पद्धतिको अवैज्ञानिकता र जाति गायन तथा मुच्र्छना गायन पनि आफ्नो विकासक्रममा नै रहीरहेको यथार्थ सत्य तथ्य जानकारीमा आउँदछ । मुच्र्छना गायनदेखि १० थाट-राग गायन पद्धतिसम्म हाम्रो पूर्वीय शास्त्रीय सङ्गीत पद्धतिमा ठूलै उन्नति भएको मान्न सकिन्छ । यिनै प्राचीन आधार स्तम्भ माथि उभिएर यो परिमार्जित नेपाली सङ्गीत पद्धतिले, सङ्गीतमा पूर्णता प्राप्त होस् भन्ने उद्देश्य राखी, सङ्गीतको विकासक्रमलाई निरन्तरता प्रदान गरेको छ । नेपाली भूमिमा यस सङ्गीत पद्धतिले हुर्कन, बढ्न, फुल्न र फल्नका लागि हामी नेपाली सङ्गीत प्रेमी तथा मर्मज्ञहरूले नै यसको अध्ययन, चिन्तन, मनन गरी स्पष्ट स्वरूप प्रदान गर्ने सतत् प्रयास गर्नु आवश्यक हुन्छ ।

कुमारीगाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *