Skip to content

साकी प्याला भरिदेऊ

  • by

साकी, भरिदेऊ अझै
प्याला माथि प्याला!
सबै पिएको हैन मैले,
आधि गिलाँस त छचल्किएरै पोखिएको हो।

तिमिलाई थाहा छैन,
आज अझै चुर हुनु छ मलाइ।
भर्खर त साँझ पर्रयो,
भर्खर त मेरो गाला र घाँटि रसिलो भयो।
ऊनको नशामा जति म मातेको थिएँ,
त्यति मात्न परेको छ आज मलाइ!
अहो!
हल्का उनको छायाँ देख्दै छु!
साकी, भरिदेऊ अझै
प्याला माथि प्याला!
सबै पिएको हैन मैले,
आधि गिलाँस त छचल्किएरै पोखिएको हो।
तिमीलाई बिश्वास छैन,
आँखा त मेरो पहिले नै लाल थियो,
किनकि म पहिला आँखाले पिउने गर्थेँ!
अहिले त्यो लालि मेटाउन पिउँदै छु।
बल्ल त आँखामा उज्यालो आयो।
अहो!
हल्का बत्ति बलेको देख्दै छु!
साकी, भरिदेऊ अझै
प्याला माथि प्याला!
सबै पिएको हैन मैले,
आधि गिलाँस त छचल्किएरै पोखिएको हो।
तिमीलाई केहि अनुमान छैन,
नालिमा म पहिले नै लडिसकेको छु।
त्यसैले भरिदेऊ फेरि अर्को गिलाँस!
भर्खर त छाति तातो भयो।
मेरो दुई कन्चट बाट एऊटा तातो लहर,
टाऊकोमा एक फन्का घुमेर
कान तताउँदै मेरो शरिरमा हिँड्यो!
मेरो तन्तु तन्तु फड्फडायो!
अहो!
भित्र कतै केहि जलेको देख्दै छु!

साकी, भरिदेऊ अझै
प्याला माथि प्याला!
सबै पिएको हैन मैले,
आधि गिलाँस त छचल्किएरै पोखिएको हो।
तिमीलाई, बोध छैन,
धेरै घाउहरुमा तिमीले मलम लगायौ।
एक रात मलाइ बास देऊ
र मेरो घाऊलाई अलिकता सास देऊ!
घरको बाटो पहिले नै भुलिसकेको छु,
त्यसैले कतै पुग्नु छैन मलाइ!
एक क्षणको लागि मलाइ साथ देऊ।
अहो!
तिमीमा उनको अनुहार देख्दै छु!

http://japan.inls.org/rachana.htm#saki-khanal

Leave a Reply

Your email address will not be published. Required fields are marked *