Skip to content

झुपडीको कुनै भर छैन

SwapnilNirav


भनेकै हुँ ऐस आराम सुनको घर छैन
जीर्ण-जीर्ण छ यो झुपडीको कुनै भर छैन

घरीघरी किन ताक्छौ धारे हातले मलाई
छर छिमेक आफन्तको रत्तिभर डर छैन

पराई तिमी आफ्नो हुँदा आफ्ना पराई भए
हेर्छन छड्के सबैले कसैको राम्रो नजर छैन

स्वतन्त्र तिम्रा पंख काट्न कहिल्यै सक्दिन म
आकाश छोऊ पिंजडामा थुनिन कर छैन

स्वप्निल नीरव
दर्छा -८ पाल्पा

3 thoughts on “झुपडीको कुनै भर छैन”

  1. बधाइ एवम् धन्यवाद, निरव
    बधाइ एवम् धन्यवाद, निरव बहिनीलाई,
    बधाइ एवम् धन्यवाद, निरव बहिनीलाई गजल त राम्रै लागेको छ । तरपनि तपाईंले गजलकार भएँ भनेर ढुक्क भएर बस्न मिल्दैन । लेख्नुहोस, लेख्दै जानुहोस । एकदिन अवश्यैपनि अगाडि पुगिन्छ ।
    – गोर्खेसाइँलो, चितवन ।

    1. धन्यवाद गोर्खे दा साँच्चै हो
      धन्यवाद गोर्खे दा साँच्चै हो मैले नेपाली साहित्यमा अझ धेरै सिर्जना दिन बाँकी नै छ तपाई जस्तै धेरै सिर्जनसिल दाजु दिदीको आशिर्बाद र हौसलाले नै मेरो आगामी यात्रा तय हुनेछ l धन्यवाद मलाई सहयोग र सुझाव दिनु हुने सबैलाई नै l

      स्वप्निल नीरव
      दर्छा -८ पाल्पा
      e,ao;

Leave a Reply

Your email address will not be published. Required fields are marked *