हुन त तिमीसँग एक रात माँगेको हुँ
एकै रातमा जिन्दगीभरको साथ माँगेको हुँ
एक्लै बिते धेरै दिनहरू स्वप्न सँगालेर
कहिल्यै निको नहुने एक आधात मागेको हुँ
शष्क भएका सबै इच्छाहरू मुर्झाउन
तिमीसँग बैँसको रमाइलो बात मागेको हुँ
धेरै पिइयो नशा तिम्रो अनुपस्थितिमा
समीप हुँदा तिम्रो यौवनको मात मागेको हुँ
आजको भेटपछि प्रतीक्षामा बिताउन मैले
सहवासको मधुर सम्झनाको खात मागेको हुँ।
