Skip to content

एकसमान देख्छु


कस्तो बगरसरह सुनसान देख्छु
मात्र पत्थर छ खै भगवान् देख्छु।

नाम जपेर खाने भए बदनाम
भ्रष्ट, पदलोलुप मात्र महान् देख्छु।

साह्रै पर्यो विचारको खडेरी यहाँ
ठूलो स्वरकै मात्र यशगान देख्छु।

अरूलाई तनाई आफू चढ्नेलाई
भोलिको नेपालको दरवान देख्छु।

पसिनाको मूल्य खोज्दाखोज्दै म त
माथि होस् या तलको एकसमान देख्छु।

2 thoughts on “एकसमान देख्छु”

  1. कुरा कल्पनामा सीमित भएको
    कुरा कल्पनामा सीमित भएको बेलामा आएका यी विचारलाई सन्दर्भ नजिक राखेर हेर्नुपर्ला
    संविधान खै कहिले बन्ला ?

  2. जीवन सानो बन्छ भने गर्दिनँ
    जीवन सानो बन्छ भने गर्दिनँ त्यो काम
    परिश्रममा विश्वास गर्दा मीठो लाग्यो माम।

    सबेर उठी स्वच्छ हावा सधैँ खाने मान्छे
    समयभित्र देख्छ उसले निकै ठूलो दाम।

    रूपचन्द्र विष्टजस्ता उच्च नेताबाट
    पाठ सिकी, काम गरी राखी छाड्छु नाम।

    नेपालआमा रुवाउने रावण मन छाडी
    बन्ने गर्छु सधैँ म त सबको मनको राम ।

    नम्र बोली, उच्च विचार, दृढ इच्छाशक्ति
    यत्ति गरी कर्मभित्र खोज्छु जूनघाम।

Leave a Reply

Your email address will not be published. Required fields are marked *