Skip to content


“कमलहरू”
कोपिला हुन्छ्न
फुल्न खोज्छ्न
फुल्छन पनि
तर हिलोमै, पोखरीको बिचमै

“कमलहरू”
सुन्दर हुन्छन
आकर्षक हुन्छन
अनि, मनमोहक पनि

“कमलहरू”
आफ्नो सुन्दरतालाई
त्यो मनमोहकतालाई
पोखरीको वरिपरी सीमित राख्न चाहन्नन्

उनीहरू,
इच्छा जगाउछ्न पोखरी वरिपरी जाने ।

तर बिडम्बना ।

गुलाफको आफन्तवादको कारण
सयपत्रीको स्वार्थपूर्तीको निम्ति
लालुपातेको “घुस”को अगाडि
अनि,
डेलियाको चाप्लुसीको कारण

आफ्नै संसारको रीतको अगाडि
उनीहरू विवश बन्छन कुवाको भ्यागुतो बन्न

अनि, त्यही त्याग्छन् देहलीला
यसरी,

हिलोमै उम्रेर, सप्रेर अनि
हिलोमै मर्ने “कमलहरू” धेरै छ्न
आज पनि यहाँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *