Skip to content

तिम्रो तस्बीर भेटियो

  • by


घामको लालीमा तिम्रो तस्बीर भेटियो
फूलको डालीमा तिम्रो तस्बीर भेटियो ।

शहरमा पर्चा भेटें तिम्रो मात्र चर्चा भेटें
उनका तालीमा तिम्रो तस्बीर भेटियो ।

डाँडापारी दाउरा घाँस धेरै गर्यौ अरे
खोला-खालीमा तिम्रो तस्बीर भेटियो ।

कतिलाई बाड्ने गर्छौ तिम्रो तस्बीर
खेतको आलीमा तिम्रो तस्बीर भेटियो ।

असार मास खेतमा मनसुनी वर्षा हुँदा
धानको बालीमा तिम्रो तस्बीर भेटियो ।

मनोज काफ्ले ‘मनसुन’
पौष ७, २०६७
कुवैत

Leave a Reply

Your email address will not be published. Required fields are marked *