हाम्रो घरको बिरालो हिजो राति व्याइछ
भर्याङमुनि कुनामा उसले बच्चा पाइछ ।
दिदी उठी बिहानै कुचो लिन गइछन् ।
मुसा जस्तै स-साना पाँच ओटा रै छन् ।
चिँचिँ गर्थे बिचरा अति धेरै कराउँथे
छेउमा मान्छे देख्यो कि अत्तालिँदै डराउँथे ।
बिरालोले कुनामा धेरै फोहोर पारी छ
अर्को दिन छाउरालाई पल्लो घरमा सारी छ ।
पल्लो घरमा सारेनी भात खान आउँथी
मैले खाने बुबु माम उसले खान पाउँथी ।
ङ्याउ-ङ्याउ कराउँदै हाम्रै घर आ’का’ छन्
पाँचै वटा अब त मेरा साथी भका’ छन् ।
मुसा खोज्न बिरालो बाहिर जाने भइछ
त्यही बेला हुचिलको सिकार हुन गइछ ।
आमा खोज्दै कराउँछन् वरिपरि घुम्छन्
माया लाग्छ मलाई घरीघरी रुन्छन् ।
