Skip to content

मेरो प्यारो पुरानो वर्ष- म सम्झनेछु तिमीलाई सधै!!


नयाँ वर्ष फेरि उही
उस्तै नयाँ उमंग
रहर अनि आशा!
झुट्टा लाग्छ मलाई
रमिते जस्तो लाग्छ तिम्रो आगमन!
हुन सक्छ यस पटक जस्तै अर्को साल
मैले यो नयाँ वर्षलाई
तिमीलाई असाध्यै सम्झनेछु
उस्तै गरी जसरी अहिले पोहर सालको सम्झिदै छु!

पोहर साल शुभकामनाको थुप्रो थियो
खै त उस्तै दिन र रात
खहरे आएर आगनभरि
निथ्रुक्कै पार्यो
भर्खरै पलाएका मुनाहरू!!
मलाई साच्चै अनौठो लाग्छ
पटक पटक ठेस लाग्दा
उनै शुभकामना सम्झिएँ
असफल हुदाका चोटहरूमा
उनै सफलताका शब्दमाला सम्झिएँ
साँझ बिहानको गर्ज टार्न नसक्दा
लाचारित हुदै अवसर खोज्दै
उनै संवृद्दिका शुभेच्छा सम्झिएँ!

खै र!!?
अनि तिम्रो आगमनमा म हरेक पटक निराश हुन्छु !!!

बरु तिमी पुरानो हुँदा
पुरानो वर्ष,
म सम्झिरहेछु तिम्रो उपस्थिति,
र हामीले संगै ब्यथित गरेका ती समयहरू
जहाँ ठेस लाग्दा चट्टानसँग
मलाई पाठ दियौ बाटो फर्केर हेर्ने
हार्दाको क्षणमा,
मेरो आशुसँगै तिमीले साटेका ती पलहरू
जस्ले मलाई एक पाइला अघि बढ्न उत्प्रेरित गर्यो
हो, सम्झने छु तिम्रो साथ
जहाँ साँझ-बिहानको मेरो कठिन पलमा
तिमीले झन दृढताका साथ सामना गर्न सिकायौ!!

साधुवाद छ!! तिमीलाई पुरानो वर्ष
म चाहान्छु उही पल ठ्याक्कै त्यहि,
एकपटक फेरि
महसूस गर्न
र कसरी म अप्ठ्याराहरूमा पनि
मुस्काउदै अघि बढ्न सके
तिम्रो उपस्थितिमा!!

मेरो प्यारो अतित , पुनरावलोकन गर्दै
तिम्रो यो बिदाइमा म आँशु चुहाउन चाहान्न
बरु तिम्रो साथ हुदा सिकेका
अनगिन्ती पाठहरू मनन गर्न चाहान्छु!
तिमी आउनु यस्तै नै
हरेक पटक नयाँ भएर!
अहिले होइन नयाँ वर्ष
तिम्रो आगमनमा
म कति पुलकित छु
अर्को वर्ष, तिमी पुरानो हुँदा
जब तिम्रो बेलगाम मायाको साथ महसुस हुनेछ
म कति हर्षित थिएँ
तिम्रो उपस्थितिमा
अनि सुनाउने छु यस्तै नै
जसरी मैले मेरो प्यारो अतित
मेरो पुरानो बर्ष सम्झिदैछु !!

http://ashmako.blogspot.com/2011/01/blog-post.html

Leave a Reply

Your email address will not be published. Required fields are marked *