Skip to content

साला काठमाण्डौं


गरीबको रहर बन्यो, साला काठमाण्डौं
धनीलाई शहर बन्यो, साला काठमाण्डौं ।

दुई छाक खान गाह्रो, जति काम गरे पनि
पसिनाको नहर बन्यो, साला काठमाण्डौं ।

अभावको तलुवा चाट्दै, बस्नु पर्ने जहिले नि
कठाङ्ग्रिंदो प्रहर बन्यो, साला काठमाण्डौं ।

महंगीले गगन चुम्दा, आधा पेट खानु पर्ने
तस्करीको लहर बन्यो, साला काठमाण्डौं ।

बिकृतिका छालहरूले, सुनामी नै ल्याएको छ
पिउदै मर्ने जहर बन्यो, साला काठमाण्डौं ।

यर्थात खोतल्ने कोशिस मात्र हो, अन्यथा नसोचिदिनुहोला ।
स्काई नवीन ।
बिराटचोक, मोरङ

1 thought on “साला काठमाण्डौं”

Leave a Reply

Your email address will not be published. Required fields are marked *