Skip to content


हामी आँफै हुन्छौ मित्र जिन्दगीको
सोचेभन्दा फरक चित्र जिन्दगीको

समयको भेलमा उर्लिएर कहाँ पुगिन्छ
नया नया मोड बिचित्र जिन्दगीको

कसैको हाँसो कतै कसैको आँसु
हाँसो रोदन बराबरी भित्र जिन्दगीको

मिलनपछि बिछोड, जीवनपछि मरण
बुझ्नै नसकिने चरित्र जिन्दगीको

Leave a Reply

Your email address will not be published. Required fields are marked *