ठिक्क कुराको जवाफ
पर्दामा विचार तेर्साउन हुन्थ्यो
अचाहिँदो कुरालाई
केको उत्तर
मान्छे पनि कस्ता फत्तुर !
ठिक्क पाए पो
ठिक्क लिनु हुन्थ्यो
फरक
फरक
दृष्टिलाई भने
फरक फरक हेर्ने
मनस्थिति मेरो हराइसक्यो !
भनिसकेँ त,
चोरीको डर छैन
विचारको खडेरी छैन !
अनि भनाइको अभाव हैन
यहाँभन्दा बढी भन्ने मेरो चाहना छैन !
जदौ
सीता तिमिल्सिना
रूपनगर-७, सप्तरी
हाल: उदयपुर, बसाहा
