Skip to content


कहिले रुन्छ कहिले हाँस्छ, कहिले गुन्गुनाउँछ मान्छे
सुख खोज्न कहिले यता, कहिले उता धाउँछ मान्छे ।
सुख सयल मोज भन्नु केवल मृगतृष्णा रे’छ,
मजा खोज्दा-खोज्दै एक दिन, मृत्युलाई पाउँछ मान्छे ।

न त ऊर्जा न उमङ्ग, कुनै अट्टहास छैन ।
परझर सरी जिन्दगी छ, खुसीको आभास छैन ।
मान्छेहरूले मङ्गलमाथि, आधिपत्य जमाई रहँदा,
कतिको चाहिँ यो धर्तीमा, सानो एउटा बास छैन ।।

विषभन्दा विषालु ता, धाकधम्की फुइँमा हुन्छ
खुकुरी र खुँडा भन्दा, बढी शक्ति सुइमा हुन्छ ।
सफलतालाई चुम्नेहरू, धरातललाई बिर्सदैनन्,
रुख जति अग्ले पनि त्यसको जरा भुइँमा हुन्छ ।

चन्द्रनिगाहपुर -१, रौतहट

1 thought on “तीन मुक्तक”

Leave a Reply

Your email address will not be published. Required fields are marked *