मान्छेहरूको विचमा नछाडौं है साँढे
साँढेहरूले मिलेर सारा मुलुक भाँडे ।
यी साँढेहरूको क्यै कुरा गुन छैन
अब यिनका दुवै सिंग नभाँची हुँदैन ।
खेती नास गर्छ, घरको छाना झार्छ
घाँस पानी दिने गोठालोलाई मार्छ ।
त्रिशुल चक्र तताएर डाम्नु पर्दछ
यही कामले मानिसको पीर हर्दछ ।
सताउँछ सधैंभरि बालीनाली चोरी
धपाउन जाँदाखेरि खोज्छ उल्टो जोरी ।
गाईको बथानलाई छिन्न भिन्न पार्छ
ससाना बाच्छालाई झुक्याएर मार्छ ।
सबै गाई गोरुको एउटै छ गौचरण
साँढे आई अत्यायो कसको पर्ने शरण?
अब यो गाउँ र सहरमा साँढे नछोडौं
शान्तिका साथ बस्ने हाम्रो थिति नतोडौं ।

shadey
hajur ko vhanai ta ahile ka mantri marulai suhaudo khale rahi6