म तिमीलाई नभेटी मरेँ भने त
अर्कैको दुनियाँमा सरेँ भने त
अकेली तिमी के गछौ विलौना
सुन्दिन कि स्वर्ग तरेँ भने त
चिहाउँछु नजर तिम्रा नयनमा
आत्मा यो शान्त गरेँ भने त
रित्तै म आएँ रित्तै त जानुछ
दन्केको चितामा परेँ भने त
जुनी-जुनी मनसुन तिम्रै हुनेछ
फेरि यो धर्तीमा झरेँ भने त
मनोज काफ्ले मनसुन
रचना मिती ७ अगस्त २०११

kina gar6au chinta
kina gar6au chinta priya bachna sikne 6u
arkaiko duniyama nachna sikne 6u
bachna ta garo hun6 abasya timibina
timrai yaadma tadpiyara ni hasna sikne 6u
aatmalai tadpaunu ramro haina priya
tadpiyako aatmalai mala banai gasna sikne 6u