Skip to content

हेर्दा-हेर्दै दोबाटोमा अर्कै बाटो मोडिएछ
पाइला अघि सारे पनि मन त कतै छोडिएछ

छोडिएको मन छ मेरो त्यहीँ कतै राखिदिनू
पल्लाभित्र परेलीका सम्झनाले ढाकिदिनू
बाटो लाग्दा जिन्दगीको ठेस पनि लाग्छ कतै
फूलैफूल छैन यहाँ, काँडा पनि बिझ्छ कतै ।

छोडिएको मन छ मेरो सम्झेपनि पीर लाग्ने
बिर्सूभन्दा नबिर्सिने अल्झिएझैँ तीर लाग्ने
जतन् गरी जिन्दगीमा सँगालेर राखिदिनू
मनको माया न्यानो हुन्छ न्यानो माया दिनू ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *