गुरुजी ! मेरो भाग्य खुलायौ
अन्धकारमा ज्योति जगायौ
प्यासी थिएँ म, प्यास मिटायौ
मिस्ठान्न नाना घरै पठायौ !!
अब म कसको शरणमा जाऊँ
हजुर जस्तो को सहयोगी पाऊँ ?
सेवा हजुरकै गरी बस्ने ठाउँ
मन्दिर आफ्नै मनमा बनाऊँ !!
हजुरकै शीतल छहारी पाएँ
त्यही पीपलको जरो समाएँ
यो रुख ढल्दैन भनी रमाएँ
जल तिर्थीकृत भरपेट खाएँ !!
पियुष कसले यहाँ छाडी दियो
पिएर ठण्डा यो हृदयै भरियो
भगवत् करुणा मिल्यो मलाई
पाएँ त्यो पियुष पिउनलाई //
आँतै रसिलो भयो आज मेरो
न त छ सुख्खा, न कहिं अँधेरो
जय गुण सागर पूज्य प्रभो
जय शिव शंकर तुल्य प्रभो //
