Skip to content

लामो युगको साधनाले बुनेको
एउटा सपना छ मसाग ।

थरीथरीका आासु
किसिमकिसिमका व्यथा
कैयौा प्रकारका सहने तरिकाको मिश्रणका बीच
नचर्किएर, नधमिलिएर, नहराएर रहेको
एउटा सपना छ मसाग ।

मेरो सपनालाई जोगाउन
मैले कैयौा तानाशाहहरूसाग युद्ध गरेको छु
हारेको छु-हराएको छु,
मानिसका पितापुर्खाहरू जवान छादा
फाासी चढेको सजाय सहेको छु,
बूढी आमैहरू कुनै युगमा किशोरी छादा
तिनको हुर्मत लिइएको अपमानले सल्किएको छु,
मेरो सपना जोगिएर रहनका लागि
ससाना नानीहरूको विस्फोटमा मृत्यु भएको छ ।

बडो जब्बर र जिद्दि छ मेरो सपना –
यसले मानिस-मानिसबीच
सम्मान, सद्भाव र प्रेमको सरोवर बनाएको छ,
यसको संसारमा
आफूलाई विद्वान् भनाएर बस्नेहरूले हलो समात्नेछन्,
राजनीतिलाई व्यवसाय बनाएर ऐश गर्नेहरूले ज्यावल समात्नेछन्,

दासत्वको विनाश हुनेछ, जात र वर्णको विभेद मासिनेछ
पुरेत, लामा र पादरीहरूले
दर्शनलाई धर्म बनाएर विग्रह रच्न छाड्नेछन्
र पसिनाको मीठो मदिरा बनाउन थाल्नेछन् ।

वास्तवमा मेरो सपना
मान्छेको भेषमा रहेका केहीहरूका निम्ति
त्रासदीपूर्ण दुःस्वप्न हो ।

त्यसैले अहिले तिनीहरू कोलाहल मच्चाइरहेछन्,
अशान्ति फैलाइरहेछन्,
मलाई ब्यूाझाउन भरमग्दुर प्रयास गरिरहेछन् ।

तर, नानाथरीका रोमाञ्चक सपना देख्न छाडेर
यही सपनामा युगौादेखि केन्दि्रत रहेको म
के म यिनले ठटाएको
नाङ्लोको आवाजले ब्यूाझिउाला ?
लामो युगको साधनाले बुनेको
बडो जब्बर र जिद्दि
एउटा सपना छ मसाग ।

नेपाल साप्ताहिक
अंक २६५

Leave a Reply

Your email address will not be published. Required fields are marked *