मैले नै दिएका उपहारमा रमाऊ
आफ्नै सुखको संसारमा रमाऊ
मलाई खुसीको आशा मात्र देखाई
तिमी फूलैफूलको बहारमा रमाऊ
चाहे गाउँमा रमाऊ या शहर जाऊ
सक्छौ त कालो करागारमा रमाऊ
म भन्थें नहिँड्न चिप्लो छ बाटो
लड्यौ त तिम्रो अहंकारमा रमाऊ
सँगसँगै भिज्यौं हिजो मनसुनमा
जाऊ आज अरुकै ईनारमा रमाऊ
मनसुन
रचना मिति: १९ अगस्त, २०११
एलादी-४ स्याङ्गजा
हाल – कुवैत

nice
nice