Skip to content

छुरा झैं छुरिला धारले दुखायो


छुरा झैं छुरिला धारले दुखायो
कोप्यो लौ तिखा तारले दुखायो

बढ्दैछन् शहरमा आतंकै आतंक
दुखायो यहाँ अत्याचारले दुखायो

जान्दै नजानी त सिक्दैथेँ बाँच्न
दुखेँ म आज व्यबहारले दुखायो

उज्यालो पाएका हिडे अघि पुगे
म पछी परेँ अन्धकारले दुखायो

आँशुको वर्षात मनसुन झरी झैँ
सहन सकिन एकमारले दुखायो

मनसुन
रचना : भाद्र २०६८ कुवैत

1 thought on “छुरा झैं छुरिला धारले दुखायो”

  1. तार्किक लाग्यो ।
    उज्यालो पाएका हिडे अघि पुगे
    म पछी परेँ अन्धकारले दुखायो .

    माथिको शेर मलाई सबभन्दा बी तार्किक र गहकिलो लाग्यो । धन्यवाद ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *