Skip to content

मेरो माया


माया मेरो ज्यानै लिने शूल भयो
माया गर्नु मात्रै ठुलो भूल भयो

फूलै फूल सजाएथेँ, माया हिन्ने बाटोभरि
मोतीहरू पिरोएथेँ, मायालुकै याद गरी
यौवन मेरो बित्यो सधैं, कल्पिएर रातभरि
उजाड भयो जिन्दगीनै, काट्नु मात्रै बात गरी

माया मेरो तुच्छ, तिम्रो ठुलो कूल भयो
तिम्रो लागि जुहारनै, मायाको मूल भयो

आँखाले देखे जति, दिलले मागे जति
कानले सुने जति, मनले सोचे जति
सुख सयल सबै पुगोस, तनले चाहे जति
नसम्झिनु वाचा कसम, मेरो लागि एक रति

चाह मेरो दुर दुर, तिम्लाई फजूल भयो
फर्जी प्रमाण तिम्रो लागि, मायाको कबूल भयो

माया मेरो ज्यानै लिने शूल भयो
माया गर्नु मात्रै ठुलो भूल भयो

Leave a Reply

Your email address will not be published. Required fields are marked *