Skip to content

नहारेको मान्छे

मैदानमा म एक्लै छु
र झयाल थुनेर घरहरूको
च्याइरहेछौ तिमीहरू ।

मलाई मान्छेहरूले तमासा हेरेको मन पर्छ
र मलाई लाग्छ
मान्छेहरू तमासा हेर्ने केवल एक हूल भीड मात्रै हुन्
मलाई गर्व छ
मैदानमा म एक्लै छु ।

रुन्छु म, मलाई पनि दुःख छ
चोट, प्रहार अनि विचारको दुःख
तर गौरव छ मलाई, मैदानमा म एक्लै छु ।

आँधीसँग सामना गर्ने कुनै युवक
प्रहारसँग सामना गर्ने कुनै युवती भेट्ने रहर छ
आँसुका थोपालाई मोतीका रूपमा सजाएर
रत्नजडित किस्तीमा पेस गर्ने रहर छ ।

तर, मैदानमा म ए क्लै छु
जून एक्ली, सूर्य एक्लो, पृथ्वी एक्ली
मैदानमा म एक्लै छु ।

1 thought on “नहारेको मान्छे”

  1. झयाल थुनेर घरहरुको
    आहा !!!! साच्चै हामी मैदानमा एक्लै छौ । मन छोयो तर झयाल थुनेर लाई झ्याल थुनेर पारिदिए सुनमा सुगन्ध हुने थियो कि । १२ बर्स अगाडि नै प्रकाशित गर्नु भएको यति राम्रो रचनालाइ झयाल शब्दले कतै लेखको माधुर्यतालाइ अलिकती थोरै कम पारेको होकि भन्ने भान भयो । यसलाइ सुधारेर झ्याल पारिदिनु भए हजुरको रचना उत्कृष्टताको उच्च्तम बिन्दुमा पुग्ने थियो । धन्यवाद

Leave a Reply

Your email address will not be published. Required fields are marked *