निष्ठुरीले झूटो कसम खाई छाडी गयौ
सास फेर्ने मुटुभित्र काँडा गाडी गयौ
कति भाके देउताहरू देउरालीमा पुगी
अङ्गालोमा बाँधिएर लाउँथ्यौ शिरमा बुकी
मिठा-मिठा बाँचा गरी अहिले टाढी गयौ
सास फेर्ने मुटुभित्र काँडा गाडी गयौ
बोली बचन राम्रो थियो, हेर्द सार्है सुनी
लाग्थ्यो मलाई जुनी काट्ने उनी सँगै हुँ नि
यत्ति माया गर्थ्ये उनिलाई, अन्तै भागी गयौ
सास फेर्ने मुटुभित्र काँडा गाडी गयौ
२०६८ भाद्र २९, बिहिबार
http://palans-sanjiwani.blogspot.com/
