Skip to content

एकरात काट्न आवास खोजिरहेछ मान्छे‎

  • by


एकरात काट्न आवास खोजिरहेछ मान्छे‎
आफ्नै मृत्युको संन्त्रास खोजिरहेछ मान्छे ।

गृष्ममा पोलिएर रेगिस्थानमा छोडिएर ऊ
यहाँ धनीको आसपास खोजिरहेछ मान्छे ।

उदेक लाग्छ हिजाज! मान्छेहरुको भीडमा
‎सधै आफ्नाकै स्याबास खोजिरहेछ मान्छे ।

आऊ फुलाऊ फुलयहाँ भन्छ मातृभूमीले‎
हलो कुटोबाट अवकाश खोजिरहेछ मान्छे ।

खालि उनकै लागी एकमुठी सास संगालेर ‎
आज परदेशमा दुई गासँ खोजिरहेछ मान्छे ।

मिति २०६८ । ७ । २२ गते‎
एलादी स्याङ्गजा हाल कुवैत

Leave a Reply

Your email address will not be published. Required fields are marked *