यसपालीको मंगसिरमा पक्कै बिहे गर्ने हो
उनको खाली सिउदोमा सिन्दुर नि भर्ने हो
हुँदैछ बिहे भनि थाहा दिन सबैलाई
उनको मेरो विवाहको पर्चा पनि छर्ने हो
बजाउदै पन्चे बाजा उनैको आँगनीमा
जन्ती, अग्निसाक्षी राखी उनी मेरो बन्ने हो
सुँक्क-सुँक्क गर्दै उनि गए भनी बिदा माग्लिन
हातेमालो गर्दै हामी सँगै खोली तर्ने हो
दुवै मिली बनाउने छौँ नया नौलो संसार
अब म त बसाई नि उनकै दिलमा सर्ने हो !!

yo mero rachana ho.maile mero
yo mero rachana ho.maile mero wall ma 21octoberma post gareko the…….
मैले यो जान्न चाहेको कि मैले
मैले यो जान्न चाहेको कि मैले यो रचना मेरो हो भने तर पनि किन कुनै प्रतिक्रिया छैन ?प्रेम जी के यो तपाइको आफ्नै रचना हो त?यदि होइन भने किन प्रतिक्रिया दिनुहुन्न? म majheri.com लाई यो भन्न चाहान्छु कि प्ल्ज यसको छानबिन गरिदिनु होला…………….