ओइली झर्ने फूल जस्तै छ जिन्दगी
दिन बित्ता कालले डस्तै छ जिन्दगी
बाचुञ्जेल दुख सुख साथ नै छ
झर्दा आँसुसँगै खस्तै छ जिन्दगी
भट्टी पस्दा दिन बितेको पत्तो छैन
पिउनेको लागि मस्तै छ जिन्दगी
पैसामा नै बेचिएका छौ हामी त
किन्नेलाई हाम्रो सस्तै छ जिन्दगी
हाँसो रोदन जीवनको रीत भन्छन सबै
अंगाल्नु नै पर्ने यस्तै छ जिन्दगी