मदेखि भने अलि दूरमा छिन् कोही कोही
जुजुदहीझैँ भक्तपुरमा छिन् कोही कोही
पचपन्ने झ्यालको आधा खापा खोलेर
मलाई डाक्ने सुरमा छिन् कोही कोही
दत्तात्रेयको दर्शनगरी बाल्ने दियोझैँ
धपक्क बलेकी नुरमा छिन् कोही कोही
हाकु पटासी लाउँछिन् भन्ने साथी नयाँ
ल्याउ भनेदेखि चुरमा छिन् कोही कोही
मदेखि भने अलि दूरमा छिन् कोही कोही
जुजुदहीझैँ भक्तपुरमा छिन् कोही कोही ।
मधुपर्क २०६८ मंसीर
