Skip to content

दोबाटोमा एक्लै भा’छु

  • by
SamsherLamaMoktan


दोबाटोमा एक्लै भा’छु, खै म कता जाने
आँखा छली अर्कैसँग, गइन ती बैमानी

दोबाटोमै भेट्दो रै’छ, छुट्दो रै’छ पनि,
त्यही दोबाटोमा आई, छुटे आज म नि
सँगै यात्रा गरौँ भनी, ल्याइन हात तानी
बिच यात्रामै छोडी जानी, रै’छ उनको बानी
दोबाटोमा एक्लै भा’छु…….

झट्ट विश्वास गरिहाल्नु, हुन्न रै’छ कतै,
खै के भयो जिन्दगीमा, धोका जताततै
मोडहरूमा हात समाई, आए आफ्नै ठानी
यो जिन्दगी भयो आज, नटुङ्गिएको कहानी

दोबाटोमा एक्लै भा’छु, खै म कता जाने
आँखा छली अर्कैसँग, गइन ती बैमानी

शम्शेर लामा मोक्तान
२०११/ १२/ २४

Leave a Reply

Your email address will not be published. Required fields are marked *