Skip to content

साझ, उही लय र भङ्गिमा बोकेर ओर्लियो ।

गाउभरि स-साना टुकीहरू बल्न थाले । सन्नाटाको चहलपहल सुरु हुन थाल्यो र हरेक कुनाकुनामा रातको तिख्खरता ब्यूतिन थाल्यो । रमेशले देख्यो- एउटा अर्को सघन, कहालीलाग्दो र अन्त्यहीन रात उसको जीवनको जस्केलोमा आएर पसारिएको छ । जसलाई पन्छाउन सक्ने झिनो सामर्थ्य पनि छैन अब ऊसित ।

“मलाई यो बाटो अब फाप्लाजस्तो छैन । केही दिनदेखि म निकै नै तनावमा छु । नपत्याए मेरो अनुहार हर्ेर्नुस्, के म विक्षिप्तजस्तो छैन -” गाढा निराशा रेखाङ्कित अनुहार र्सवत्र पस्कि“दै रमेशले भन्यो ।

“अब त्रि्रो अन्तिम बाटो नै यही हो,” उसको साथीले बतायो ।

“कसरी -” विस्मयसूचक हेराइसहित सोध्यो उसले ।

“त्रि्रो जीवनमा अब अर्को बाटो आउने छैन । तिमीले यो बाटो छोडेपछि अर्को बाटो भेट्टाउने छैनौ“ । अन्तरसङ्र्घष्ा चल्यो भन्दैमा बाटो नै छाड्ने मर्ुखता गर्नु हुदैन,” साथीचाहि“ले सम्झाउने मनसायमा भन्यो ।

“म कसरी हि“ड्न सकु“ला र यो बाटोमा -” रमेशले झ्यालबाट बाहिरको संसारमा हेर्‍यो । पर्ूवबाट जून उदाउने तर्खर गर्दै थियो र धर्तीमा व्याप्त रातका पदचिन्हहरू मेटिने क्रम सुरु भएको थियो ।

बाटो, नया थियो ।

नया“ बाटोमा सम्मोहनका नयानया कलाहरू पनि थिए । जादूमय थियो बाटो । अतः त्यस बाटोमा एकपटक मात्रै भए पनि यात्राका चिन्हहरू रेखाङ्कन गर्ने अभिलाषा जोकोहीलाई हुनु स्वाभाविकै थियो । रमितेहरू, सिद्धान्तवाजहरू, हैसियत बिगारेकाहरू, लुच्चाहरू, विचारकहरू, गफाडीहरू, फ्यान्तु अनुहारहरू- सबैका नजरले सहजै ठम्याएको थियो त्यस बाटोलाई ।

नया बाटोको नया आकर्षाले तानेको थियो रमेशलाई पनि । घर-परिवार, साथीभाइ, नातागोता, इस्टमित्र आदिको अनगिन्ती सुझाव र आग्रह हु“दाहु“दै उसले त्यस बाटोमा जिन्दगीलाई यात्रारत तुल्याउने विचार बोकेको थियो ।

“यो बाटो जोखिमपर्ूण्ा छ,” साथीभाइको सुझाव थियो ।

“जोखिमकै यात्रा त रमाइलो हुन्छ नि † जोखिम नमोली कहा“ मस्ती लडाउन पाइन्छ र † जिन्दगी नै जोखिमको पर्याय हो,” उसले भनेको थियो ।

… यसरी, यस्तै विचार बोकेर एक दिन उसले नया“ बाटो रोजेको थियो ।

नया बाटो चयन गरेको पहिलो दिन नै उसले थाहा पायो, बाटो साच्चै नै जोखिमपर्ूण्ा छ । उसले कल्पना गरेको भन्दा १० गुना बढी जोखिमपर्ूण्ा छ । “यत्रो जिन्दगी कसरी यो बाटो हुदै काट्न सकिएला -” एक दिन चौतारीको चिसो हावा खादै उसले सोच्यो ।

“बाटो भयानक कष्टकर छ,” अर्को दिन भिरालो पाखा उक्ल“दै गर्दा विचार्‍यो ।

“अब हि“डेपछि जे होला, होला ।” फेरि अर्को दिन खोला तर्ने क्रममा अठोट गर्‍यो ।

तर, एक रात उसले भोकै सुत्नुपर्‍यो ।

भोक, उसका निम्ति विजातीय कुरा थियो । ऊ संसारका सबै चिज सहन सक्थ्यो तर भोक भने रत्तिभर सहन सक्दैनथ्यो । एक रात त के, दर्ुइ घण्टा भोकै बस्नुपर्‍यो भने उसको दिमागमा अनेक विम्बहरू कुद्न थालिहाल्थ्यो ।

“म त भोकै बस्न सक्दिन,” पेट मुसार्दै भन्यो उसले ।

“यस्तै हो क्रान्तिमा हि“डेपछि । कहिले भोजै मनाउन पाइन्छ, कहिले ख्याउटे पेट बोकेर उकालीओराली गर्नुपर्छ । भोकै बस्न सक्दिन भनेर कहा“ पाइन्छ -” एक जनाले रूखो र उपेक्षित जवाफ दियो ।

“तपाईं जेसुकै भन्नोस्, तर म भोकै बस्न सक्दिन । म अरू सबै सहन सक्छु, तर भोक …। अह“, म सहन सक्दिन ।” उसको धर्ैयता ठीक विन्दुमा थिएन, यताउति हल्लिन थालिसकेको थियो ।

“यत्रा साथीहरू पनि त भोकै छन् नि † तर, तपाईं भने …।”

हो, सबै भोकै थिए । रमेशले सोच्यो, भोक र क्रान्तिमा विशेष समानता छ । यही भोकले नै निम्त्याएको हो क्रान्ति । संसारका मानिसहरूमा रहेका यावत् भोकहरू -पेटको भोक, प्रतिष्ठाको भोक, पदीय भोक आदि) नामेट हुने हो भने कहा“बाट सूत्रपात हुन्छ क्रान्ति – कहा“ हुन्छ हिंसाको अन्त्यहीन खेल – कहा“ हुन्छ समवेदनाको सुरुवात –

उसले बुझ्यो, संसारका सम्पर्ूण्ा समस्याहरूको जड नै भोक हो ।

रमेश पूरै गलिसकेको थियो । जीवनदेखि, सपनादेखि, क्रान्तिदेखि । गल्ने क्रम/उपक्रममा भाग लि“दै जा“दा एक दिन राती उसले आफ्नै घरको ढोका ढक्ढक्यायो ।

“को ह“ -” माथिल्लो तलाबाटै सोधिन् उसको आमाले ।

“म हु“,” सानो र गलेको स्वरमा बतायो उसले ।

“यति राती म हु“ भन्ने को हो -” प्रश्न सापेक्षतया रूखो थियो ।

“म रमेश,” दबेको स्वर निकाल्यो र पि“ढीमा बसेर लामो सास तान्यो ।

चाउरी परिसकेको पेट मुसार्दै घरको दलिनतिर आ“खा पुर्‍यायो ।

बुइ“गलमा बत्ती बलिसकेको थियो । तर, ढोका भने निर्धारित समयमा खुलेन । ऊ ढोका खुल्ने प्रतीक्षामा झुमिरह्यो । तर, धेरैबेरसम्म पनि खुलेन ढोका । उसले भन्यो, “ढोका खोल्नुस् न आमा । म पूरै गलिसकेको छु ।”

आमा होइन, बाबुको स्वर खुल्यो यसपटक । “किन फर्केर आउनुपर्‍यो यो घरमा – मैले यस घरमा अब झुक्किएर पनि नआइज भनेको हैन त“लाई – कुन मुख लिएर आइस् – अब यो घर, परिवार, नातागोता, इष्टमित्रसित तेरो कुन सम्बन्ध रह्यो र -” बाबुचाहि“को रूखो जवाफले उसको कान पूरै टालियो ।

आमाको सुक्कसुक्कको आवाज झिनो थियो ।

“ढोका त खोल्नुस्,” ऊ रिसले फन्फनियो ।

“अब तेरो लागि खुल्दैन यस घरको ढोका । पूरै बन्द भइसकेको छ,” बाबुको स्वर उही गतिमा थियो ।

“यस घरमा मेरो पनि हक लाग्छ,” ढोकामा लात्ती बजार्दै भन्यो उसले ।

“अब त्यस्तो सपना नदेख । सपना देख्नु बेकार छ,” केही नरम हुदै भन्यो उसको बाबुले, “मैले त“लाई यो बाटो न’ले भनेको हैन – मैले भन्दा मानेको थिइस् – जुन बाटो हिडेको छस्, त्यही बाटोमा जा । यहा“ आएर हामीलाई दुःख न’दे रमेश । त“ यहा“ आएपछि हामीलाई थप पीडा हुन्छ । हाम्रो मर्का बुझिदे रमेश । जुन बाटो हि“डेको थिइस्, त्यही बाटो फर्की ।”

रमेश प्रत्युत्तरहीन बन्यो ।

बुइ“गलबाट बत्ती बोकेर आमा तल ओर्लिन् र ढोका खोलिन् । तर, बाहिर रमेश थिएन । प्रत्युत्तरहीनतासगै ऊ त्यहाबाट अन्तर्ध्यान भइसकेको थियो । निस्पट्ट रातमा आमाचाहि“ले निकै परपर हेरिन् । मातृत्वको उद्घाटन हुनु स्वाभाविकै थियो । बत्तीको उज्यालोमा उनले आखा तन्काइन् केही परसम्म । बत्तीको प्रकाशले धुर्‍यानभन्दा तलको सीमा नाघ्न चाहिरहेको थिएन । निकै परपर मानिसको कल्याङमल्याङजस्तो सुनिन्थ्यो ।

तर, अर्को दिन भने रमेशले एउटा रमाइलो सपना देख्यो । निकै नै रोचक थियो उसले देखेको सपना । सपनामा उसका अगाडि अनगिन्ती बाटाहरू उभिएका थिए । सम्पन्न र विपन्न दुवै कोटीका बाटाहरू थिए ।

“कुन बाटो हि“डू म -” उसमा एकाएक अल्मल भित्रियो । अनेकथरी बाटाहरूमध्ये कुन बाटोमा हिड्ने – ऊसामु एउटा जटिल प्रश्न पनि उभिएको थियो । फेरि कुन बाटो हिडे असल गन्तव्यमा पुगिन्छ – समस्याको यस्तो अर्को चुचुरो पनि ठडिएको थियो उसको अगाडि ।

निकैबेरसम्मको विचार-विमर्श र चिन्तन-मननपछि उसले एउटा बाटो रोज्यो । बाटो रोजिसकेपछि निकै नै सन्तुष्ट भयो ऊ । अब जिन्दगीलाई एउटा नया“ र रोमाञ्चक बाटोमा यात्रारत तुल्याउन पाइने भयो भन्ने उत्सुकता पनि साथैमा स“गाल्यो उसले ।

जब उसले त्यस बाटोमा पाइला राख्यो । आर्श्चर्य बाटो खुम्चिन थाल्यो र उसको गोडाको साइजभन्दा निकै सानो हुनथाल्यो त्यो बाटो । खुम्चि“दैखुम्चि“दै जानथाल्यो बाटो । बाटोले आफ्नो स्वरूप बदल्न थाल्यो क्षणभरमै । उसको गोडा भने झन्झन् ठूलो र विशाल हुदै जान थाल्यो, बाटो भने झन्झन् खुम्चिदै जान थाल्यो ।

रमेश चिच्याउ“दै उठ्यो । पसिनाले निथु्रक्कै भिजेको थियो उसको शरीर । र, मुटुको चाल पनि अस्वाभाविक थियो । छेउमा सुतिरहेको साथी भने मस्त न्रि्रामा झुमिरहेको थियो एकटङ्कारले ।

बाहिरको चकमन्नता धेरै नै लोभलाग्दो थियो ।

नेपाल साप्ताहिक
अंक ११७

Leave a Reply

Your email address will not be published. Required fields are marked *