बस इटहरीबाट पर्ूवतिर हुइकिदै थियो ।
“बेलैमा घर पुगिएन भने त आज बर्बाद नै हुन्छ” छेउको सीटको साथी शङ्कर सुवेदी छटपटिदै थियो । नभन्दै कानेपोखरी नपुग्दै पथरीमा गाडी जाम छ रे भन्ने सुनियो । र्सर्ूय राता भएर बास बिसाउने सुरमा देखिन्थे, यस खबरले यात्रुहरूका अनुहार पनि डुब्लो घामझै“ मलिन भए । पथरीको शरणार्थी क्याम्पको उत्तरपट्ट िआइपुग्दा बस पर्ूण्ारूपमा रोकियो । रूख ढालेर राजमार्ग अवरोध गरिएको रहेछ । अब यात्रा अघि नबढ्ने आशङ्काले शङ्करको अनुहार निन्याउरो भइसक्या थियो । ऊ घर नपुगी हुदै नहुने गनगन गरिरहेथ्यो । मैले भने“, “अब के गर्ने त – अगाडि भिडन्त छ भने बसै कसरी जान्छ – त मात्र होइन, यत्राबिघ्न यात्रीहरू बिच्चलीमा छन् । ”
सुरक्षा निकायका गाडीहरू राजमार्गमा ओहोरदोहोर गरिरहेथे । बेलाबेलामा बज्ने एम्बुलेन्सको चर्को आवाजले लाग्थ्यो, घटना ठूलै भएछ † अ“ध्यारो छिप्पि“दै थियो । रातभर बसमै बिताउन जोखिम मात्र होइन असम्भव पनि थियो । त्यसैले हामी आ-आफ्ना पोकापन्तुरा भिरेर सुरक्षित आश्रयस्थलको खोजीमा पथरीबजारको दक्ष्ँिणतिर हानियौ“ । एउटा खुलेको खापाबाट उज्यालो आइरहेको थियो । त्यो रक्सी-मासु पसल रहेछ । हामी त्यसैभित्र छिर्यौ“ । हाम्रो उपस्थितिले एक जना हर्ेर्दै गम्भीर देखिने सबै चाउरीले अनुहारै पुरिइसकेका वृद्धले प्रश्नवाचक चिम्सा आ“खा हामीतिर उठाए । छेउमा एउटा गिलास र प्लेटमा केही मासुका टुक्रा पनि थिए, सायद बूढा चुस्की लि“दै थिए †
“बा हामी त अभर परेर आयौ“, एक छाक खान र एक रात ओतिन पाए हुन्थ्यो,” शङ्करले भन्यो । म बूढाको अनुहारको भाव पढ्न थाले“, “के भन्ने हुन् अब -”
“राती आएका पाउना, कसरी बास नदिनु नानी । बसा“ै न जे-जस्तो हुन्छ, व्यवस्था भइहाल्छ नि,” भने र बूढा भित्रतिर फर्किएर कराए, “ए नातिनी हो …† को छ ह“, यता हेर न †” एकछिनको चकमन्नतापछि भित्रबाट तिनै बूढाकै उमेरकी एक वृद्धा निस्किन् र हामीतिर अपरिचित भावमा एक दृष्टि फ्या“क्दै बूढातिर फर्केर बोलिन्, “किन, के भयो र – ”
“यहा“ नानीहरू अभर परेर आउनुभएको रहेछ । खानेसुत्नेको जे-जस्तो प्रबन्ध हुन्छ, गर न †” बूढीआमै भित्रतिर लागिन् । बूढाबाले बा“की रहेको गिलास घुट्क्याए र गिलास घोप्ट्याए ।
एकैछिनमा दर्ुइ जना केटीहरू प्लेट, गिलास र जग समाएर हाम्रासामु उभिए । एउटीले एउटा रक्सीको बोतल पनि ल्याएकी थिई । शङ्कर फुसफुसायो, “अब हाम्रो भविष्य सुनिश्चित छ ।”
यता हामी सुरु भयौ“ । स“गै बाबैका गफ पनि सुरु भए । हाम्रो छेवैमा बसेकी क्लान्त तर गम्भीर देखिने बूढीआमै नबोले पनि ध्यानमग्न थिइन् गफ सुन्नमा ।
बूढाले बर्मा, भारत, भुटानदेखि नेपाल आइपुगेपछिसम्मको छोटकरी वृत्तान्त सुनाए † शङ्करलाई मात चढिसकेको थियो सायद, बीचमै बोल्योे, “ए बाबै यो त लेखक पनि हो, सबै सुनाउनुहोस् यसले लेखिदिन्छ पनि ।”
यत्तिकैमा बूढाबाबै भित्र पसे र हातमा एउटा किताब च्यापेर निस्किए । “बाबुहरू साहित्यकार पो हुनुहु“दोरहेछ,” आफूले ल्याएको किताबतिर सङ्केत गर्दै उनले भने, “यो किताब पढ्नुभएको छ -” र, धूवा“ले आवरणसमेत काती भइसकेको शरणार्थी उपन्यास मेरो हातमा राखिदिए । “यस उपन्यासमा चित्रित पात्र-पात्रा जयबहादुर र जयमाया हामी यसै घरमा उपस्थित छौ“ ।” हामी आर्श्चर्यचकित भयौ“ । शङ्करले भन्यो, “पढ्न त मैले पनि पढेको छु बाबै तर मेरो साथी यो ‘कृष्ण’ ले झन् यसैसम्बन्धी अर्को पुस्तक पनि तयार पारेको छ,” शङ्करको कुराले बूढा मैतिर खनिए ।
बूढा शरणार्थी हातमा लिएर भन्न थाले, “बाबुहरू † यस उपन्यासमा हामी जयबहादुर र जयमायाको कथा लेखियो, हामी परिचित पनि भयौ“ तर हाम्रँे जीवनको अर्को पाटो भने न कुनै लेखकले लेख्न सके, न पाठकहरूले नै देख्न सके ।
“एउटा मात्र होइन, दर्ुइदर्ुइवटा कृतिमा हामीलाई भूमिका निर्वाह गराइयो । तर, यी लेखकहरूले हाम्रो न्याय गरे त बाबु – जयमायाले भनेको कुरा धराबासीले त फटाफट लेखिदिएछन् तर जयमायाले सुनाएको मात्र सम्पर्ूण्ा हुनसक्छ र – त्यसमा पनि धराबासीले हामी पात्रहरूको विषयमा गम्भीर प्रश्न उब्जने खालका कुराहरू लेखिदिएर हामीलाई धेरै अन्याय गरेका छन् । त्यसैले आज बाबुहरूस“ग म शरणार्थी उपन्यासको नायक त्यसै उपन्यासकी नायिका जयमायालाई साक्ष्ँी राखेर भन्छु, अब हाम्रो कथा तपाईं लेखकहरूले नलेखिदिनू । मेरो कथा म आफै लेख्छु । लेखकहरूले लेखिदियो भने कथा लम्ब्याएर टुङ्ग्याउ“दैटुङ्ग्याउ“दैनन् । अनि, हामी निरीह देखिने पात्रहरूले केही बोल्न ठाउ नै पाउदैनौ ।
बूढा आफ्नो उमेर बिर्सिएर अझ जोसिदै थिए, “निकै वर्षहामीहरू इन्द्रबहादुरर्राईको कलमको डोबमा हिड्यौ । जयमायालाई त केहीबेर लीलबहादुर क्षेत्रीले पनि आफ्नो कलमको डोबमा खेलाए तर मलाई – मलाई त न लीलबहादुरले नै देेखेभेटे, न त इन्द्रबहादुरले नै फेरि सोधखोज गरे । धराबासीले पनि खोजी निकाल्ने नाममा हामीलाई तानेर अर्को कृतिमा छिराएर, कहिले पहाडतिर उचाले कहिले मधेसतिर थेचारे ।
हाम्रो के नै बिगार थियो † कथाको नायक-नायिका भएर पनि हामीले कहिल्यै सन्तोषको सास फर्ेन पाएनौ“ । हामीलाई खालि दुखान्त पात्रमा वर्ण्र्ाागरिरहे । कति लेख्छन् हौ“ यी लेखकहरू । हामी पात्रहरूको मर्म समाएर कलम खियाउने यी लेखक र हामी पात्रहरूकै मर्म छामेर रमाउदै आखा दौडाउने पाठकहरूसग हाम्रँे चित्त बुझाइ छैन के सोच्या छन् यिनीहरूले ह“ -”
शङ्कर त तीनछक्क पर्यो । म पनि यी उपन्यासका पात्रहरूले आज बसाइ र खुवाइको राम्रँे अधाई गर्ने भए भनेर सोचिरहेको थिए“ । बूढा झन् व्रि्रँेह ओकल्दै थिए, “इन्द्रबहादुरले हि“डाएर थान्को नलागेको मलाई धराबासीले तानेर ल्याएपछि लागेको थियो, यिनले त कुनै टुङ्गोमा पुर्याउलान् । तर, यिनले झन् यति बिघ्न हि“डाए, न झोला नै थन्क्याउन दिए, न त गोडा बिसाउन नै । बर्मा, भारत, भुटान घुमाएर भुटानी शरणार्थी क्याम्प, खुदुनाबारी ल्याएर त सक्लान् भनेको, त्यहा“बाट पनि ओरालो पो धपाइदिए । बरु बिरिङखोलाको उर्लिंदो भेलमा हाम्फाल्न लगाएर हाम्रो इहलीला समाप्त गरिदिया भए पनि चित्त बुझ्थ्यो । तर, यी लेखकहरू अति क्रूर र निर्दयी अनि यी पाठकहरू सारै निष्ठुर हु“दारहेछन्, हामी टुलुटुलु हेरी मात्र रह्यौ“ ।
धराबासीस“ग भेटेर अझ धेरै कुरा गर्नु छ । भेट भयो भने जयबहादुरले खोज्दै थियो भनिदिनुहोला † कस्तो मुटु नै नभएको लेखक । त्यत्रो दुःख-कष्ट भोगाएपछि त एउटा व्यवस्थित ठाउ“मा ल्याएर थान्को लगाइदनर्ुपर्छ नि † तर, उहा“ले त त्यो डाकबङ्गलाको नायक चन्द्रप्रकाशलाई बर्थाजस्ती सुन्दर नारीस“ग विवाह पो गर्राई दिनुभयो । चन्द्रप्रकाशजस्तो भ“डुवा र चरित्रहीन नायक त म थिइन् तर पनि किन यो स्वार्थपर्ूण्ा सौतेनी व्यवहार ममाथि गरिएको – मैले आजसम्म बुझ्न सकिन ।
“उपन्यासमा उल्लेख भएझै“ मर्यादा र आदर्शको पगरी अब हामी पात्रहरू भिरिरहन सक्दैनौ“ । राधा र कृष्णको जस्तो निःस्वार्थ र निश्चल प्रेम पनि हामी गर्न सक्तैनौ“ । लेखक र पाठक रिझाउने प्रयासमा लागेर आमा हुनबाट वञ्चित नारी यो जयमायाको चाउरिएको अनुहार र ती धुमिल हु“दै गएका गहिरा चिम्सा आ“खाहरू निर्याल्दा अझै मलाई मुटुमा सियो रोपिएझै“ हुन्छ । कहिलेकाहीं“ रिस उठ्दा ऊ अझै व्रि्रँेह पोख्छे मस“ग र भन्छे, “कमसेकम बलात्कारकै परिणाम सही बरु, ड्राइभर र खलासीकै बच्चाकी आमा भइदिएको भए पनि हुन्थ्यो ।” आमा हुनबाट वञ्चित एउटी नारीको पीडा लेखक भनाउ“दालाई के थाहा – फेरि हर्ेर्नुहोस् त यी नकचरा पाठकहरू पनि “यो जयबहादुरले जयमायास“ग विवाह गरेको भए हुने” पो भन्दा रहेछन् । तपाईंहरू नै भन्नुहोस् त त्यतिखेरको मेरो मनको अवस्था कसले बुझिदियो । ड्राइभर खलासीद्वारा बलात्कृत भएकी एउटी नारी भएर वर्षौंवर्षम्म त्यस डाकबङ्गलाको चरित्रहीन पात्र चन्द्रप्रकाशस“ग उठबस भएकीस“ग म कुन मुखले विवाहबन्धनमा जोडिन सक्थे“ । विवाह भनेको जीवनमरणको सवाल पो हुन्छ त । धराबासीको लहैलहैमा म आदर्शको बर्को ओड्दो भए“, हर्ेर्नुहोस् त † गलपासोझै“ यो आजसम्म मैस“ग झुन्डिएकी छ । न उसलाई चइन, न मलाई ।”
बूढीआमै हलचल नगरी जस्केलाछेउमा नै अडिएकी थिइन् । बेलाबेला लामो सास फेरेको सुनिन्थ्यो । उनी अगाडि भन्दै गए, “यी नातिनी भनिएका केटीहरू पनि ज्यागा उपन्यासमा लेखकद्वय ध्रुव र शरणार्थीका लेखकद्वारा घटाइएका बलात्कारका परिणाम हुन् । जयमायाको सन्तानमोहका कारण यिनीहरू हामीस“गै छन् । जुठा चिया र रक्सीका गिलास समेट्छन् र हामीलाई सहयोग गर्छन् । तर, अब यिनीहरूको भविष्य कसले लेख्छ – म नायक भनिएको जयबहादुरको आदर्श र नायिका भनिएकी जयमायाको ममताले यिनीहरू सुरक्षित हुन्छन् त –
“मलाई नपुङ्सक भनेर औ“ला ठड्याउने पाठकहरूले पनि सुनून्, किमार्थ म नपुङ्सक होइन । अघि नै भने“ नि, यी धराबासीले मलाई आदर्शताको बर्कोले छोपेका थिए । म पात्र र पाठकबीचमा इज्जतिलो उभिन खोजको पनि थिए“ र पो । नपत्याए बर्थालाई गएर सोधे हुन्छ, ऊ जयमायाभन्दा राम्री मात्र होइन, स्पष्ट वक्ता पनि हो । सबै उसैले भन्छे । नभए टकाव नदीपारि जयमायालाई पुर्याएर किन पुनः त्यत्रो जोखिम उठाउ“दै वारि बर्था भए ठाउ“मा नै फर्किन्थे“ म – यो कुरा पाठकहरूले पनि बुझिदिनुपथ्र्यो । हुन त म पनि हुतिहारा नै भएछु क्यार, हरि खनालले झै“ त्यति नै खेर व्रि्रोह बोल्न सकिन । ”
दर्ुइदर्ुइवटा कृतिका नायक जयबहादुर कथा र उपन्यासमा भोगेको दुखेसोको वृत्तान्तमा मिसाएर धारावाहिक व्रि्रँेह पोख्दै थिए, “अब हामी पात्रहरू लेखकहरूको निर्देशनमा सधै“ उनीहरूको झोला बोकेर पाठकसामु लुरुलुरु हि“डिरहन पनि सक्दैनौ“ । कृति राम्रो र पठनीय बनाउने धुनमा लेखकले गर्ने छलकपट र जालझेल हामीले बुझिसक्या छौ“ । के अधिकार छ, यी लेखकहरूलाई हाम्रो मानमर्दन गरेर, दुखेसा मात्र वर्ण्र्ाागरेर कृति ठड्याउने -”
जयबहादुरका कुराले हामीले रात काटिरहेको हेक्का पनि पाइराखेका थिएनौै“ । केही उज्यालो फाटेको र राजमार्गमा गाडीको घ्यारघुर सुनिन थालेको थियो । सायद बाटो खुलेको थियो । तर, जयबहादुरले कुराको बिट मार्न अझै बा“की नै थियो । भन्दै थिए, “यी लेखकहरू, खालि हाम्रो दुखेसो र करुणाका कथाहरू लम्ब्याएर नटुङ्ग्याई छाडिदिन्छन् । म जयबहादुर र यो जयमाया इन्द्रबहादुरको कथा हु“दै धराबासीको शरणार्थी उपन्यासभरि छरि“दा पनि टुङ्गोमा आइपुगेनौ“ । लेखकले कथा टुङ्ग्याएनन् । बर्मादेखि लेख्दैलेख्दै, भारत, भुटान विभिन्न ठाउ“ घुमाएर नेपालको खुदुनाबारी क्याम्प ल्याइपुर्याएर पनि यस बुढेसकालमा झोला भिराएर नै पुनः धपाइदिए । सन्तुष्ट भएनन् ।
भो अब हामी पात्रहरूको कथा नलेख्नू यी लेखकहरूले । यीे मस“गै, अझ मभन्दा बढी बिजोग र त्रासद क्षणकी सहभागी जयमाया यही“ छ । यही कमाइखाने रक्सी पसल स्थापना गर्न पनि यसले कम दुःख भोगेकी छ – यसैको आम्दानीले हाम्रो यतिको जीवनयापन भइरहेछ । यी ज्यागा उपन्यास र शरणार्थी उपन्यासका बलात्कार घटनाका परिणामका सन्तानहरू पनि हामीसगै जीवनयापन गरिरहेछन् । भोलि यिनीहरूलाई पुनः लेखकले नायक पात्र बनाएर करुणा र त्रासदीका कथा रच्लान् – अब हामी पात्रहरूको कथाको अन्त्य हुनर्ुपर्छ । हामी मुक्ति चाहन्छौ मुक्ति । कि त स्वयं कलम समाएर आफ्नो कथा आफै लेख्छौ ।
लाग्यो जयबहादुरले अबचाहि“ कुराका बिट मारेका हुन् । मैले शङ्करको मुखतिर हेरे, उसले कुरा बुझेछ क्यार, भन्यो, “बाबै अब गाडीहरू पनि चल्न थालेछन् क्यार उज्यालो पनि हुन आट्यो, तपाईंबाट धेरै कुरा सुन्न पायौ“ । अचानक राती आएर दुःख पनि दियौ । फेरि भेट भए बा“की कथा सुन्नेछौ ।”
जयमायाले उठ्दै मुख खोलिन्, “के दुःख हुनु नि बाबु नातिनीहरू थिए गरेर ख्वाइहाले । बरु रातभरि दुखेसो पोखेर सुत्न नदिएकोमा पीर नमान्नुहोला । बरु यसो यतातिर आउनुभयो भने बाटो नकाटिदिनुहोला ।”
शङ्कर र म हुन्छको भाव दर्शाउ“दै बूढाबूढीप्रति धन्यवाद र नमस्कार व्यक्त गरेर बाटो लाग्यौ“, उपन्यासका यी दर्ुइ पात्रहरूस“ग साक्षात्कार गरेर ।
नेपाल साप्ताहिक
अंक १२२
