चारैतिर खुसीयाली र उमङ छाउँदा
गाउ शहर चारैतिर दसैं गीत गाउँदा
सबै परिवार मिलेर दसैं मनाउन नपाउँदा
हेर शहिद परिवार रोइरहेछ ।।१।।
प्रतिकृयावादी राज्यसत्ता विध्वंस गर्न
नैतिकता र मानवताको सम्मान गर्न
सामाजिक प्रतिगमनको अन्त गरी
अग्रगामी बिचारको सम्मान गर्न लाग्दा
नेपाल आमाको सिउदो नरंगिदा
हेर शहिद परिवार रोहिरहेछ ।।२।।
राष्ट्रियता र मानवताको लागि सङघर्स गर्दा
सामन्ती र भ्रष्ट नेताहरूको भन्डाफोर गर्दा
राष्ट्रियता एकताको बिकास गरी सुकुम्बासी र
दलित जनजातिलाई अगाडि बढाउन खोज्दा
उसको सपना साकार नहुँदै शहिद बन्नुपर्दा
हेर शहिद परिवार रोइरहेछ ।।३।।
सामन्ती सोच बिचार हटाउन
उत्पीडित र शोषित जनतालाई अगाडि बडाउन
सँघीय लोकतान्त्रिक गणराज्य निर्माण गर्न लाग्दा
उसको इच्छ र आकाङ्क्षा पुरा नहुँदा
हेर शहिद परिवार रोइरहेछ ।।४।।
सामन्ती र पञ्चायती शासन अन्त गर्न
जनताको अधिकार सुनिस्चित गरी
अन्याय र अत्याचार हटाउनेले
राज्यको तर्फबाट सम्मान नपाउँदा
हेर शहिद परिवार रोइरहेछ ।।५।।
न त बन्यो जनसंबिधान
न त कायम भो शान्ति सुब्यबस्था
उसको बलिदान खेर गयो भन्दै
हेर शहिद परिवार रोइरहेछ ।।६।।
न त सक्यो कसैले उसको सपना साकार पार्न
न सक्यो उसको सन्देश आत्मसाथ गर्न
न सक्यो हामीलाई कसैले सम्मान गर्न भन्दै
हेर शहिद परिवार रोइरहेछ
हेर शहिद परिवार रोइरहेछ ।।७।।
