Skip to content


यौटा जरूरी काम लिएर म डाइरेक्टर साहेबको कार्यालयमा पसेँ। मैले जस्तै काम लिएर आउने त्यहाँ अरू पनि चार-पाँच जना थिए। मैले उभिएरै डाइरेक्टरलाई आफू आउनुको कारण बताएँ।

निक्कै बेरपछि उनले टेबलको घण्टी बजाए – क्रिङ….क्रिङ…।

कार्यालयको यौटा पियन डाइरेक्टरको अघि आएर उभियो।

डाइरेक्टरले सोधे, ‘शेखरबाबु आउनुभो ?’

‘आउनुभा’को छैन, सर।’

‘पी. आर. बाबु हुनुहुन्छ ?’

‘अहँ, हुनुहुन्न, सर।’

‘राजेन बाबु पनि आइपुग्नुभा’को छैन ?’

‘आइपुग्नु भा’को छैन, सर।’

‘…………’

‘…………’

मैले यसो टाउको उठाएर भित्ताको घडी हेरेँ- बाह्र बन्जनलाई दस मिनेट बाँकी थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *