Skip to content

दुइटा फूल देउरालीमा

  • by

दुइटा फूल देउरालीमा साथै राख्यौं जस्तो लाग्छ
कतै टाढा जाँदाखेरि सँगै हिंड्यौं जस्तो लाग्छ
देखेजस्तो पनि लाग्छ बोलेजस्तो पनि लाग्छ
कतै टाढा जाँदाखेरि सँगै हिंड्यौं जस्तो लाग्छ

गुलाफको तरेलीमा शीतको थोपा परे जस्तो
टल्किने त्यो निधारमा पसिना
सुकाइदिए जस्तो लाग्छ पात हम्की पीपलको
बिसाउनीमा जिन्दगीको पसिना
लत्रेका ती परेलीको सम्झना छ जस्तै लाग्छ
कतै टाढा जाँदाखेरि सँगै हिंड्यौं जस्तो लाग्छ

राति फुल्ने फूल टिपी सिउरिदिए जस्तो लाग्छ
कुनै रात बसेको त्यो बासमा
ओतमुनि आकासको छायाँमुनि धरतीको
रातमुनि बसेको त्यो बासमा
बिर्से बिर्से जस्तो लाग्छ सम्झे सम्झे जस्तो लाग्छ
कतै टाढा जाँदाखेरि सँगै हिंड्यौं जस्तो लाग्छ

शब्द – ईश्वर बल्लभ
स्वर/संगीत – नारायण गोपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *