Skip to content

क्रान्ति तिमी फेरि सजीव बनेर आऊ !

  • by


क्रान्ति तिमी फेरि सजीव बनेर आऊ !
यद्यपि कैयाँै पत्थरलिा पहाडहरूले
असङ्ख्य ढुङ्गा माटो हुत्याएर
तिम्रो चातुर्यको परीक्षा लिनेछन्
मेरो धर्ती भन्दै धावा बोल्ने
हुस्सु र सिरेटाहरूले
तिम्रो तापको मापन गर्नेछन्
सुन्दरता पोख्न तँछाडमछाड गर्ने
हिउँका पवित्र ढिक्काहरूले
तिम्रो साहसिकतालाई हदैसम्म पगाल्नेछन्
त्यसैले क्रान्ति तिमी मजबुत बनेर आऊ !

रैतीलाई चुसेर नअघाएका बडेसाहेबहरू
तिम्रो खुट्टा काट्न बन्चरो उझ्याउनेछन्
टुँडिखेलमा जन्मभूमिका लागि आहुति दिने
आङ जिरङि्ग पार्ने ताता वचनहरू नसेलाउँदै
पाँचतारेभित्र आईसी र डलरमा
आत्मसम्मानको मोलमोलाइ गर्नेहरू
तिमीलाई देशदोह्रीको बिल्ला भिराएर
कैयौँ सभाहरू रन्काउने छन्
आवाज बुलन्द गर्दै तिमी कर्णकवच लगाएर आऊ
क्रान्ति तिमी नेपालीका लागि
मुक्तिको उपहार लिएर आऊ !

तिम्रा पाइलाहरूको गडगडाहटसँगै
परविर्तनले आफ्नो पाइला चाल्नेछ
लाज छोप्न हम्मे परेको उजेली दिदीको चोली
तिम्राे आगमनसँगै सबैतिर टालिनेछ
स्कुले नानीहरूको भाँचिएको पेन्सिल
तिम्रो उपस्थितिसँगै बेस्कन तिखारिनेछ
कान्तिपुरदेखि न्युयोर्क टाइम्समा
टाँसिएको नयाँ नेपाल
तिम्राे आहटसँगै नेपालीको
दिनचर्या बन्न आउनेछ
त्यसैले नयाँ नेपालभित्र प्राण भर्न
क्रान्ति तिमी फेर िसजीव बनेर आऊ !

Leave a Reply

Your email address will not be published. Required fields are marked *