Skip to content


जुन फूल मैले चाहेको थिएँ कसैले टिपेछ
सौन्दर्य भने यो सधैं मेरो आँखामा लुकेछ

सुख र दुख सँगाली दिन जीवनमा त्यै थियो
दिनरात अब मदेखि टाढा भएर गै दियो
बिरानु बनी प्रतिपल मेरो यो मुटु धड्किन्छ
बितेका तिनै पुराना कथा सम्झाई तड्पिन्छ

बाँची नै रह्यो केवल चाह मुटुमा चोट पारी
त्यो मेरो थियो स्नेहको दियो मनको हितकारी
चर्केको माया जोडिदिने फेरि वस्तु नै के छ र?
मनमा रह्यो विरह व्यथा भन्नु नै के छ र?

शब्द – भैरबनाथ रिमाल ‘कदम’
स्वर, संगीत – नारायण गोपाल

‘जिन्दगीको पानाभरि’ पृ ४४ बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *