Skip to content


अस्त ब्य्स्त बाल्यकाल
अपहरित मातृत्व
झ्यङ्गिएको गरिबी
अन्कन्टार् भू-तल
थकीत पितृत्व का बीच
स्तब्ध निरक्षर मेरी आमा

परदेशि खसम
वास्तविक ससुरली
इर्स्यालु कुरौटे जमात
अनुत्पादक नङ्ग्रा खियायी
लेक, गाउँ र बेशीका बीच
रणभुल्ल मेरी आमा

गोठ भरि गौ
पाण भरि मौ
सन्तृप्त जीवन शैली
ब्यस्त पति पर्मेश्वर
हुर्किदो सन्तती बीच
अभ्यस्त मेरी आमा

दीर्घायु को अभिलाषा
बिकर्षित सन्तती बृत्त
अपुरित सपनाहरु बोकी
गोधुली सन्ध्या चाहार्दै
असीम मातृत्व छर्ने
डाँडा माथिकी जून मेरि आमा

निरक्षर भएरै स्तब्ध छिन
अभ्यस्त भए पनि रणभुल्ल छिन
डाँडा माथिकी जून भएर हो कि?
उनलाई आज
परिचय को साह्रै खडेरी परेको छ
मेरी आमा…
————————————————–
गोठ: गाई वस्तु पाल्ने ठांउ घरको भुंई तला
गौ: गाई वस्तु
पाण: मान्छे वस्ने ठांउ घरको माथिल्लो तला
मौ: परिवार

Leave a Reply

Your email address will not be published. Required fields are marked *