Skip to content

पाए हुन्थ्यो


तिमि संग एकान्तमा माया, गांस्न पाए हुन्थ्यो
पिरतीका मीठा कुरा, गर्न पाए हुन्थ्यो ।

संगै मर्ने संगै जिउने वाचा, बांध्न पाए हुन्थ्यो
तिमि संग रुखो एक छाक, खान पाए हुन्थ्यो ।

तिमि हिंड्ने गोरेटोमा, टेक्न पाए हुन्थ्यो
तिमि जाने पंधेरोको पानी, पिउन पाए हुन्थ्यो ।

तिमि संधै गुन गुनाउने गीत, गाउन पाए हुन्थ्यो
तिम्रो मनको मिठो सपना, देख्न पाए हुन्थ्यो ।

तिमि संगै मनका कुरा, साट्न पाए हुन्थ्यो
तिमै्र मनको भावनामा, वग्न पाए हुन्थ्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *