Skip to content

नरित्तिने रै’छ आँशु


नरित्तिने रै’छ आँशु परेली झनै भिझ्ने रै’छ
मुटु टुक्रा भए पनि धड्कन झनै बढ्ने रै’छ।

बर्षौ अघि आजकै दिन तिम्लाई भेट्न तड्पेकी थे
आँखा भरी रहर साँची तिमीलाई पूजेकी थे
सुम्पिएथें मनभरि तनभरि तिमीलाई
तर अर्को चित्र कोर्यौ च्याती मेरो तस्बिरलाई
नबिर्सने रै’छ त्यो क्षण संझना भै बस्ने रै’छ
मुटु टुक्रा भएपनि धड्कन झनै बढ्ने रै’छ।

संगै हिड्यौ लामो यात्रा मिठा थिए साथहरू
काँडामाथि पाइला राखी एउटै रोज्यौ लक्षहरू
सयौं धुनमा भरेकी थें खुशी मात्र तिमीलाई
तर अर्को पाना खोज्यौ मेटी मेरो गीतलाई
नफेरिने रै’छ प्रीत मनभित्रै बस्ने रै’छ
मुटु टुक्रा भए पनि धड्कन झनै बढ्ने रै’छ।

नरित्तिने रै’छ आँशु परेली झनै भिझ्ने रै’छ
मुटु टुक्रा भए पनि धड्कन झनै बढ्ने रै’छ।

2 thoughts on “नरित्तिने रै’छ आँशु”

Leave a Reply

Your email address will not be published. Required fields are marked *