Skip to content

कुन देशकी चरी हौ तिमी

  • by


कुन देशकी चरी हौ तिमी कुन देशकी परी
मेरो नजरमा स्वप्न बनी आयौ कसो गरी

आँखामा देख्छु जादु सुवास सदा छ भेषमा
छल्केको देख्छु भाव नयाँ कोमल ती तिम्रा ओठमा
कुन कालिगढले कहिले बनायो कसो गरी

रातमै उज्यालो हुन्छ तिमीले घुम्टो खोलिदिंदा
तड्पिन्छ लाखौं मुटु तिमीले मस्केर बोल्दिंदा
त्यस्तो अपूर्व रुप भन पायौ कसो गरी

शब्द – कृष्ण हरि बराल
स्वर – हिक्मत माली
संगीत – राम थापा

Leave a Reply

Your email address will not be published. Required fields are marked *