Skip to content

गाउँ–गाउँबाट उठ

  • by

गाउँ–गाउँबाट उठ, बस्ती–बस्तीबाट उठ
यो देशको मुहार फेर्नलाई उठ ।

हातमा कलम हुनेहरु, कलम लिएर उठ
बाजा बजाउँन जान्नेहरु, बाजा लिएर उठ ।

हातमा औजार हुनेहरु, औजार लिएर उठ
साथमा केही नहुनेहरु, आवाज लिएर उठ ।

झिल्का–झिल्का बल्नेहरु, ज्वाला भएर उठ
देशका लागि लड्नेहरु, एकजुट भएर उठ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *