गाँस, बास कस्तो अनि कपास कस्तो छ ?
गाउँको खबर बताऊ साथी खास कस्तो छ ?
कस्तो छ त्यो वनपाखा खोला कस्तो
लेकैभरि सजिइरहने गुराँस कस्तो छ ?
जबर्जस्ती खोसी प्रेयसीको पछ्यौरी
आफूसँगै लाने पापी बतास कस्तो छ ?
हिमाल, पहाड, तराई घुमी मग्मगाउने
चमेली र बेलीको त्यो सुवास कस्तो छ ?
-अनाममण्डली

जबर्जस्ती खोसी प्रेयसीको
जबर्जस्ती खोसी प्रेयसीको पछ्यौरी
आफूसँगै लाने पापी बतास कस्तो छ ?
Really nice.
Radha Jee It is GREAT.
Radha Jee It is GREAT.
rAMRO LAGYO
rAMRO LAGYO
Radha ji……………
its
Radha ji……………
its Nice……………………………………