Skip to content

विपना नभई बाँचिदिने

  • by


विपना नभई बाँचिदिने म भित्रका मेरा सपना
म मरे पनि रहिदिने मेरा प्यारा प्यारा सपना

आँशु सितै पग्ली झरने हाँसो भित्रै खेलिरहने
प्रित नपाई रोजी हिड्ने ती अधुरा मेरा सपना

भावनामा अल्झिरहने कल्पनामा बल्झि रहने
जीवन नपाई खोजि हिड्ने ती पुराना मेरा सपना

Leave a Reply

Your email address will not be published. Required fields are marked *